पोखरा महानगरपालिका वडा नं. १२ का अध्यक्ष सन्तोष बाँस्तोलाले आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले थप सहयोग गर्ने जनाएका छन् ।
महिलाहरूका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका क्रममा प्रमाणपत्र वितरण गर्दा प्रशिक्षार्थीलाई हौस्याउँदै बास्तोलाले थपे – ‘तपाईहरू उद्यमी बन्नुहुनेछ, कम्पनी खोल्नु हुनेछ र मलाई उद्घाटनका लागि निम्तो दिनुहुनेछ ।’
उनले महिला दिदीबहिनीको मागका आधारमा वडा कार्यालयले एक महिने हस्तकलाको तालिम दिइ दक्ष बनाएको हुँदा राज्यको लगानी सदुपयोग भएको बताए ।
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिला दिदीबहिनीको सिपमा निखारता आउँदा सिधै रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन । सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन ।
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिला दिदीबहिनीको सिपमा निखारता आउँदा सिधै रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन । सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन् ।
प्रशिक्षार्थी सुनिता कोइरालाले एक महिनाको हस्तकला सिप सिकाइका क्रममा दक्षता प्राप्त भएको बताइन् । तालिम अवधि मै दर्जन बढी सामग्री तयार हुँदा खुशी व्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरिन । प्रशिक्षार्थी हरिदेवी बुढामगरलाई उत्कृष्ट प्रशिक्षार्थीको रूपमा पुरस्कृत गरिएको थियो भने सीतादेवी ढकालाई लगनशीलताका साथ सिप सिकेका कारण रोजगारमा आवद्ध गरिएको छ ।
गत फागनु १४ गतेदेखि वडा कार्यालयले सञ्चालन गरेको १ सय २० घण्टाको एक महिने हस्तकला तालिममा वडाभित्रबाट छनौट भएका १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम अवधिमा प्रशिक्षार्थीले १४ प्रकारका २ सय १० हस्तकलाजन्य सामग्री तयार गरेका थिए ।
वडा सदस्य एवम् तालिम संयोजक शान्तिदेवी कोइरालाको अध्यक्षतामा सम्पन्न तालिम समापनमा सदस्य गुमादेवी परियाले स्वागत मन्तव्य राखेकी थिइन भने सदस्य शान्तबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो