पोखरा । गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुनरागमन गरेका छन् ।
शुक्रबार पोखरामा आफ्नो नयाँ गीत “कान्छी” सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इच्छा जागेको बताए । यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी, जुनीजुनी, तिमी र म, बिर्सेको छैन, कथा लगायतका गीत सार्वजनिक गरिसकेका छन् । सन् १९९८ देखि नै संगीतमा क्रियाशिल रहेको उनले उल्लेख गरे । बीचमा हराएको जस्तो देखिएता पनि संगीत प्रतिको मोह अझै भएको भनाई उनको छ ।
पोखरा १० मिलनटोल स्थायी घर भएका सुब्बा हाल युके बस्दै आएका छन् । युकेलाई कर्मथलो बनाएता पनि संगीतलाई समेत अगाडि बढाइरहेको उनले सुनाए । सार्वजनिक कान्छी गीतबाट उनी आशावादी छन् । संगीत बजारको पछिल्लो मागअनुसार नै गीत निर्माण भएको दाबी उनको छ । कान्छीको शब्द उनले नै कोरेका हुन् । आवाज सँगै संगीत समेत दिएका सुब्बाकै अफिसियल युटुब मार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा प्रदीप श्रेष्ठ, बिनु मगरको अभिनय छ । उनीहरु दुवै जना पहिलो पटक म्युजिक भिडियो मार्फत अभिनयमा आएका हुन् । म्युजिक भिडियो करियरमा केही गर्ने आशाले आफुहरु आएको उनीहरुले सुनाए । कान्छीको म्युजिक भिडियोलाई सुभाष सुवेदीले निर्देशन गरेका हुन् । गीतको भावअनुसार नै म्युजिक भिडियो बनेको उनले बताए ।
पोखराको क्रेजी स्टुडियोमा रेकर्ड गरेको गीतको म्युजिक भिडियोको सम्पादन सिनेमा एवम् म्युजिक भिडियो निर्देशक नेत्र गुरुङले गरेका हुन् । गुरुङका अनुसार पछिल्लो समय पोखरामा सांगीतिक कार्यक्रमको लर्को बढेता पनि गीतसंगीत निर्माण भने कम भएको बताए । उनले पोखराका गायक, संगीतकार र गीतकारहरुले आफ्नो सिर्जना बजारमा पस्कन आवश्यकता रहेको उनले औंल्याएका छन् । राम्रो गीत चल्नका लागि टीकटक जस्ता प्लाटफर्म नै चाहिन्छ भन्ने नभएको उनले बताए । सिर्जनामा दम भए गीत आफै चल्ने भनाई उनको छ ।
विनोद रसाइलीले गीतको संगीत संयोजन गरेका हुन् । बबी सुनार (भाइलन), विवश खाती (गीतार), विकास गुरुङ (बेस गीतार), सुदीप गायक (बासुरी), सुभाष पौडेल, सुभाष अधिकारी र सन्तोष गुरुङले लगायतले गीत निर्माणमा साथ दिएका छन् । गीतको सम्पूर्ण छायाँकन पोखरा आसपासमा भएको हो ।
सम्बन्धित खबर
बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
मदन–आश्रितको सम्झनाः पोखराको स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई, जबजको विशेषताबारे विवेचना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान गर्न प्रोत्साहन प्याकेज
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग