खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसल उपाधि

फुटसल

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसल उपाधि

निकोलसको ह्याट्रिक

NSJF Photo 1

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ ।

विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो ।

शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो ।

पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १/१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र रविन गुरुङले गोल गरेका थिए ।

उपाधि जितेको पत्रकारको टिमले भाले, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता बनेको संगीत समूहले पनि भाले, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसअघिको सेमिफाइनलमा पत्रकार मञ्चले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने संगीत समूहले आयोजकलाई १३–३ गोलले हराउँदै फाइनल पुगेको थियो ।

विजेता खेलाडीलाई संस्थाका सल्लाहकार तथा पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, केन्द्रीय प्रशासन सचिव जीवन दाहाल, केन्द्रीय सचिव शंकर विरही गुरुङ, कन्द्रीय पूर्व उपमहासचिव चोलेन्द्र पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds