बागलुङ नगरपालिका, वडा नं. १४, नारायणस्थानमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिब २३ सय जना लाभान्वित भएका छन् ।
गण्डकी प्रदेश सांसदको कार्यालय बागलुङ १(ख) को संयोजन, बा. न. पा वडा नम्बर १४ नारायणस्थान, लायन्स क्लब अफ बलेवा भैरव, लायन्स क्लब अफ गाजा हिल, नारायणस्थान सामाजिक सेवा प्रतिस्ठानको आयोजना,मा जनता धन मावि.को प्राङ्गणमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
विश्व स्वास्थ्य दिवसको अवसर पारेर भएको शिविरमा सम्पूर्ण चिकित्सकीय सुविधा र प्राविधिक सहयोग काठमाडौ मेडिकल कलेज र औषधिकोको व्यवस्था गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले गरेका थिए ।

उक्त शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्रीरोग, हाडजोर्नि तथा नशा, इसिजि, भिडियो एक्सरे , बालरोग सेवा, दन्तरोग सेवा लगायतका सेवा प्रदान गरेको बताइएको छ ।
शिविरमा सम्भव नभएका शल्यक्रिया लगायतका जटिल रोगको उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा रिफर गरि निशुल्क उपचार गर्ने भएको छ ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले नारायणस्थानमा शिविर सञ्चालन गरेको विशिष्ट अतिथिसमेत रहेका प्रदेश सांसद सुवेदीले बताए ।
प्रमुख अतिथि डा .सुनिलकुमार शर्मा रहेको उक्त कार्यक्रममा, बाग्लुङ नगरपालिका उपमेयर राजु खड्का, जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा, जिल्ला जनस्वास्थ्य प्रमुख बाबुराम आचार्य लगायत अन्य सामाजिक व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बागलुङ नगरपालिका – १४ वडाध्यक्ष चक्र बहादुर खत्रीले गरेका थिए ।

सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो