पोखरा महानगरपालिकाले हाल अस्थायी रूपमा फोहोर व्यवस्थापनको लागि प्रयोग गर्दै आइरहेको वडा नं. ३२ लामेआहालमा रहेको डम्पिङ ‘ल्याण्डफील !’ साइटमा सोमबार दिउँसोदेखि लागे भिषणको भीषण आगलागीले करोडौंको क्षति भएको छ ।
अपरान्ह ५ बजेदेखि लागेको आगो नियन्त्रण गर्न नसक्दा नजिकै रहेको च्याउ फर्ममा रहेको च्याउ, टहरा र च्याउखेतीका लागि आवश्यक पर्ने सामाग्री नष्ट भएको छ । गाउँ नै जोखिममा रहेको जनाइएको छ ।
स्थानीयका अनुसार आगलागी भएको करिब डेढ घण्टा पछि मात्रै पोखरा महानगरपालिकाको २ वटा दमकल पुगेको थियो ।आगलागी भएको ठाउँ खोच र बाटोको अवस्थाका कारण आगो निभाउन कठिन भएको महानगरको दमकल इन्चार्ज हर्कबहादुर गायकले बताए ।
आगलागीबाटवि.स. २०६८ साल देखि करिव १० रोपनी क्षेत्रफलमा लगाइएको च्याउ खेती, घर टहरा जलेर नष्ट हुँदा करिब १ करोड ५० लाखको क्षति भएको सञ्चालक मनोरञ्जन पौडेलले बताएका छन् ।
महानगरका ३ वटा दमकल र एउटा ट्याङ्कर मार्फत आगो निभाउन प्रयास गरिएको थियो ।
साँझपख घटनास्थलमा स्थानीयवासी, वडा प्रहरी कार्यालय, डाँडाको नाक ,कास्की प्रहरी प्रमुखसहित ठूलो संख्यामा प्रहरी र शसस्त्रबल खटिएका थिए ।
आगलागीको कारण खुल्न सकेको छैन । प्लाष्टिकजन्य सामाग्री र फोहोरमा आगो लागेका कारण वरपरको वातावरण दुषित बन्दै गएको छ ।
महानगरले सहमतिअनुसार फोहोरलाई माटोले पुरेको भए आगो लाग्दैनथ्यो । ल्याण्ड फील गरिएको भए आगो लाग्दैनथ्यो । यो डम्पिङ साइट नै बनाएका कारण फोहोरमा आगो लाग्न पुग्यो ।
विगत वर्षमा पनि फोहोरले दुर्गन्ध बढाएपछि स्थानीयले पटक–पटक विरोध गर्दै आइरहेका थिए ।
फोहोर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको र फोहोरलाई व्यवस्थित तरिकाले विर्सजन नगरेको भन्दै स्थानीयले फोहोर लैजान अवरोध गरेका थिए ।
पोखरामा अन्तर्रािष्ट्रय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकै रहेको ल्याण्डफील साइट पुरेपछि अस्थायी रुपमा लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोर व्यवस्थापन हुँदै आएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह