पोखरा: मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरेर पार्किङमा राखेका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वरुप परिवर्तन गरी पार्किङमा राखिएका ७ वटा मोटरसाइकल मंगलबार नियन्त्रणमा लिएको हो ।
स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेपनि अझै नियन्त्रणमा नआएको भन्दै २५ दिन थुनामा राखेर कारवाही गर्ने प्रक्रिया कास्की प्रहरीले अगाडि बढाएको छ ।
मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गर्ने, ध्वनी प्रदुषण गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालय कास्कीले सचेतना कार्यक्रमसँगै स्टिकर टाँस गर्ने कार्यक्रमसमेत गरेको थियो ।
सम्बन्धित खबर
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग