पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश प्रमुख भट्टको विश्वास छ ।
जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र सङ्घीयता कार्यान्वयनको चरणमा नै रहेकाले यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास गर्दै जनतालाई सेवा सुविधा दिनुपर्छ । संघीयता बलियो बनाउनुपर्छ । मुलुकमा विकास गर्नुपर्छ ।’
जनतासँग सबैभन्दा नजिक रहेको स्थानीय सरकार सुशासनयुक्त हुनुपर्नेमा पनि प्रदेश प्रमुख भट्टले जोड दिए । स्थानीय तहबीच आपसी समन्वयको खाँचो औंल्याउँदै उनले सम्बन्ध प्रभावकारी बनाउन व्यवस्था गरिएको जिल्ला समन्वय समितिकोे कार्य प्रभावकारिता अभिवृद्धि गर्नुपर्नेमा जोड पनि दिए ।

जिल्ला समन्वय समितिले जिल्ला भित्रका संघीय प्रादेशिक सरकारी कार्यालय र पालिकाहरू बिच समन्वय गर्ने, विकास निर्माण कार्यमा सन्तुलन भए नभएको अध्ययन अनुसन्धान गरी संघ, प्रदेश र पालिका सरकारलाई सुझाव र प्रतिवेदन दिने, वार्षिक समीक्षा कार्यक्रमहरू गरी राय सुझाव दिने लगायतका कार्यहरू तोकिएकाले सोहि अनुसार गर्न पनि अनुरोध गरे ।
कास्की जिल्ला पर्यटनको हिसाबले अग्रणी जिल्ला रहेको र यसै जिल्लाको पोखरालाई हालै नेपाल सरकारले पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा पर्यटकीय स्थलहरुको स्तरोन्नति, ग्रामीण पर्यटनको प्रवर्द्धन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसार र उचित व्यवस्थापन गर्नका लागि यहाँका पाँच वटै स्थानीय तहबी साझा कार्यक्रम, समन्वय हुनुपर्नेमा पनि भट्टले जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला समन्वय समिति आवश्यक नै छैन भनिने आवाज सुनिएको भन्दै जिल्ला समन्वय समितिको प्रभावकारिता र उद्देश्य प्राप्तिका लागि प्रदेशका तर्फबाट उचित ध्यान दिइने बताए । संविधानले निर्दिष्ट गरेको काम, कर्तव्य र अधिकार अनुसार अघि बढ्न समन्वय समितिलाई आवश्यक पर्ने सबै कुराका लागि प्रदेश गम्भीर रहेको उनको भनाई छ।
गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, पोखरा महानगर प्रमुुख धनराज आचार्य लगायतले पालिकाहरुसँग समन्वय गर्दै प्रदेश र संघ सरकारसँग जोड्ने सेतुको रुपमा जिल्ला समन्वय समिति रहेको भन्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय समिति, कास्कीका प्रमुख लिलाधर पौडेलले आवश्यक कानुुनको अभाव, बजेटको अभाव, पालिकाहरु, प्रदेश र संघले समन्वय नगर्ने समस्या देखिएको भन्दै गुनासो गरे ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो