नेकपा एमाले पर्वतको १० औं जिल्ला अधिवेशनमा दुई प्यानलबीच निर्वाचन भएको छ । यतिबेला मतदान भइरहेको छ ।
पदमपाणि शर्मा र गोविन्द पहाडीले प्यानल नै बनाएर चुनावमा प्रतिष्पर्धामा गरेका छन् ।
जिल्लाका मुख्य नेताहरु निवर्तमान राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र हालका कानुन मन्त्री पदम गिरीको शक्ति परीक्षणका रुपमा यो निर्वाचनलाई हेरिएको छ ।
तिमिल्सिना समर्थित समूह प्रदेशमा पृथ्वीसुब्बा गुरुङ निकट समूह हो । यस समूहबाट अध्यक्षमा पदमपाणीसँगै उपाध्यक्ष पदमा मिन प्रसाद श्रेष्ठ, सचिव पदमा शिव प्रसाद पौडेल, उप सचिवमा जीवन विक्रम उचै र उप–सचिव महिलामा सरिता भण्डारी प्रतिष्पर्धामा उत्रेका छन् ।
पदम गिरी समर्थित समूहमा अध्यक्ष पदमा गोविन्द पहाडी उम्मेदवार हुन् । उपाध्यक्ष पदमा बिमल लामिछाने, सचिव पदमा सुवास चन्द्र पौडेल, उप सचिवमा चण्डी प्रसाद भुर्तेल र उप–सचिव महिलामा विन्दु अधिकारी निर्वाचनमा होमिएका छन् । प्रदेशमा भने गिरी खगराज अधिकारी निकट हुन ।
जिल्लाभरबाट अधिवेशनको लागि ३९२ जना प्रतिनिधि रहेका छन् । अहिल यो समाचार तयार पार्दासम्म डेढ सय जतिले मतदान गरेका छन् । मतदानको क्रम जारी छ ।
आजै मतगणना हुने जानकारी प्राप्त भएको छ।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु