नेकपा (एमाले) बागलुङको अध्यक्षमा पुनः हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन् । १० औं जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसमत भएका हुन् । अध्यक्षसँगै सम्पूर्ण कमिटी सर्वसम्मत चुनिएको छ ।
एमाले अध्यक्ष पदमा केसीको एकल उम्मेदवारी कायम भएको निर्वाचन संयोजक डा. डिल्लीराज गौतमले जानकारी दिए । अध्यक्षमा उमेद्वारी दर्ता गरेका हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत चयन भएका हुन् । उमेद्वारी फिर्ता गरेका गौतम नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हुन् ।
उपाध्यक्षमा पनि विष्णु भुषाल सर्वसम्मत भए। भुषालको एकल उम्मेदवारी परेको हो । यसअघि सचिव बन्दा पनि भुषाल सर्वसम्मत चुनिएका थिए ।
सचिवमा तीन जनाको उम्मेदवारी परेकोमा गणेश थापाका लागि कुमार खड्का र चन्द्र प्रकाश शर्माले छाडिदिए । उपसचिवमा पनि सर्वसम्मत रुपमा धन बहादुर परियार र करमती पुन चयन भएका छन् ।
सम्बन्धित खबर
बागलुङको अमलाचौर र नारायणस्थानका विद्यालयमा शैक्षिक सामाग्री वितरण
बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते
बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग