पोखरा न्यूरोडमा अवस्थित कस्मिक कम्प्युटिङ सोलुशन नयाँ नाम होइन । १० वर्ष बढी समयदेखि कम्प्युटर सम्बन्धित सामाग्री खरीदविक्री र मर्मत गर्दै आइरहेको कस्मिक स्थापित ब्राण्ड बनिसकेको छ ।
कस्मिकले आफ्नो क्षेत्र विस्तार गर्दै अब कम्प्युटर सम्बिन्धत सबै तालिम प्रदान गर्नका लागि एकेडेमी पनि सञ्चालनमा ल्याएको छ ।
सञ्चालक पुरुषोत्तम कुँवरका अनुसार एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतका तालिम प्रदान गरिनेछ ।
कोर्स अनुसारको समयावधि तय गरिएको छ । हरेक दिन कम्तिमा एक घण्टा थ्योरिकल र १ घण्टा प्राक्टिकल हुनेछ ।
सञ्चालक कुँवरले युवाहरुलाई प्रविधिसम्बन्धी सीप सिकाई घरमै बसेर कमाउन सकिने आधार तयार गरिने प्रयासस्वरुप ट्रेडिङबाट ट्रेनिङतर्फ क्षेत्र विस्तार गरेको बताए ।
युवालाई प्रविधि क्षेत्रमा स्वरोजगार बनाउन सके विदेशी पैसा पनि तान्न सकिने र विदेश जानबाट युवालाई पनि रोक्न सकिने कुँवरको विश्वास छ ।
‘एसईई तथा कक्षा १२ सकिएपछि फुर्सद हुने ३ महिनासम्मको समयमा कम्प्युटरका कोर्सहरु गर्न सकिनेछ । अन्यत्र जस्तो सामान्य कोर्स भन्दा पनि स्वरोजगार बनाउन सक्ने गरी प्राक्टिकल कोर्सहरु हामी प्रदान गर्नेछौँ ।’ – सञ्चालक कुँवरले भने ।
उनले थपे – ‘दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिइनेछ । लामो अनुभव बटुलेका पोखरा बाहिरका प्रशिक्षकसँग अनलाइन सिक्ने व्यवस्था पनि छ । हामीसँग जोडिएपछि सीप सिकेर जागिरमा जोडिने आधार पनि हामी तयार गर्छौँ ।’
अहिलेका किशोरकिशोरीहरु प्रविधिमा धेरै अगाडि पुगिसकेकाले उनीहरुलाई सुहाउँदो कोर्स एकेडेमीमा सञ्चालन हुने कुँवरले बताए ।
‘प्रोग्रामिङ, कोडिङ मार्फत् वेबसाइटहरु, नयाँ नयाँ एपसमेत निर्माण गर्न सक्नेछन् । आईटी पढेका जस्तै दक्ष जनशक्ति तयार हुनेछन् । घरमै बसेर ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ गरेर पैसा कमाउन सक्नेछन् । सोसल प्लेटफर्ममार्फत् डलर कमाउन सक्नेछन् ।’ कुँवरले भने ।
एसईई दिएर बसेका विद्यार्थीका लागि तत्काल कक्षा पनि सञ्चालन हुँदैछन् । विभिन्न प्रोफेशनमा रहेकाहरुलाई उपयुक्त कोर्सको पनि व्यवस्था गरिएको छ । सहुलियत शुल्कमा कोर्स गर्न पाइने सञ्चालक कुँवर बताउछन् ।
पोखरामा गतिलो प्रशिक्षण केन्द्रको अभाव भइरहँदा अब कम्प्युटर सम्बन्धी सबै तालिम कस्मिक कम्प्युटिङ एकेडेमीले दिने भएपछि पोखराका प्रविधिप्रेमी युवाहरु लाभान्वित हुनेछन् ।
एमएसआई, डेल, एसर लगायत विश्वप्रसिद्ध ब्राण्डको पोखराका लागि आधिकारिक विक्रेता कस्मिकले प्रोफेशनल, हाइरेञ्ज तथा भ्यालूएडेड सिरिजका कम्प्युटर तथा ल्यापटप पोखरामा उपलब्ध गराइरहेको छ ।


सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?