पोखरा । चिवहाल आर्ट ईस्टिच्युटको आयोजनामा ७ औं सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी पोखरामा आयोजना भएको छ ।
पोखरा आर्ट ग्यालरीमा ५० जना कलाकाहरुले तयार पारेका विभिन्न कलाकृति प्रदर्शनीमा छन् ।
चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक हेमकान्ति गुरुङ्गले चिवहाल आर्ट ईस्टिच्युटबाट विभिन्न स्थानमा आर्ट कार्यशाला गरी तयार गरिएका कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिए।
प्रदर्शनीको उद्घाटन गर्दै कार्टुनिष्ट दुर्गा बराल बात्सायनले चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताए ।
प्राज्ञ रमेश श्रेष्ठले चिवहाल आर्ट ईस्टिच्युटले विभिन्न ठाँउमा चित्रकला कार्यशाला तथा प्रदर्शनी गर्ने कार्यलाई प्रशंसा गर्दै आगामि दिनको कार्यक्रमको शुभकामना दिए।
प्राज्ञ बुद्धि गुरुङ्गले कलाकाहरुले विभिन्न ठाँउको भ्रमण गर्नुपर्ने बताउदै चित्रकला कार्यशालाले सिर्जनामा निखारता आउने बताए।
यस्तै विश्वकला यात्री प्राज्ञ नगेन सिहले ले ललितकला देश विकासको मेरुदण्ड भएको बताउदैं कलाको विकासविना देशको विकास सम्भव नहुने बताए।
ईस्टिच्युटका सञ्चालक राजन महर्जनले ७ औं सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी सम्म पनि कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको बताउदै नेपाल धार्मिक क्षेत्र मुक्तिनाथ गई चित्रकला कार्यशाला गरेको जनाए।
प्रदर्शनी २७ चैतदेखि बैशाख २ सम्म चल्नेछ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ