पोखरा । चिवहाल आर्ट ईस्टिच्युटको आयोजनामा ७ औं सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी पोखरामा आयोजना भएको छ ।
पोखरा आर्ट ग्यालरीमा ५० जना कलाकाहरुले तयार पारेका विभिन्न कलाकृति प्रदर्शनीमा छन् ।
चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक हेमकान्ति गुरुङ्गले चिवहाल आर्ट ईस्टिच्युटबाट विभिन्न स्थानमा आर्ट कार्यशाला गरी तयार गरिएका कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिए।
प्रदर्शनीको उद्घाटन गर्दै कार्टुनिष्ट दुर्गा बराल बात्सायनले चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताए ।
प्राज्ञ रमेश श्रेष्ठले चिवहाल आर्ट ईस्टिच्युटले विभिन्न ठाँउमा चित्रकला कार्यशाला तथा प्रदर्शनी गर्ने कार्यलाई प्रशंसा गर्दै आगामि दिनको कार्यक्रमको शुभकामना दिए।
प्राज्ञ बुद्धि गुरुङ्गले कलाकाहरुले विभिन्न ठाँउको भ्रमण गर्नुपर्ने बताउदै चित्रकला कार्यशालाले सिर्जनामा निखारता आउने बताए।
यस्तै विश्वकला यात्री प्राज्ञ नगेन सिहले ले ललितकला देश विकासको मेरुदण्ड भएको बताउदैं कलाको विकासविना देशको विकास सम्भव नहुने बताए।
ईस्टिच्युटका सञ्चालक राजन महर्जनले ७ औं सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी सम्म पनि कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको बताउदै नेपाल धार्मिक क्षेत्र मुक्तिनाथ गई चित्रकला कार्यशाला गरेको जनाए।
प्रदर्शनी २७ चैतदेखि बैशाख २ सम्म चल्नेछ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो