कास्की जिल्लाकै दोस्रो लामो पुल रुपा गाउँपालिकामा उद्घाटन गरिएको छ ।
वडा नंं ३ स्थित टाकाञ्जा र पोल्याङ जोड्ने ३ सय १६ मिटर लामो उक्त पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नयाँ वर्षका दिन शनिबार उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले गाउँमा विकास पुगे पनि जनता शहर झरेकोमा चिन्ता व्यक्त गरे । अधिकारीले भने, ‘गाउँमा विकास त भइरहेको छ तर जनता शहर झर्ने क्रम रोकिएन ।’ गाउँमै काम गर्ने, सहज जीवनयापन गर्न सकिने वातावरण हुँदाको अवस्थामा बजार नझर्न अधिकारीले अनुरोध समेत गरे ।
मुख्यमन्त्री अधिकारीले विकास निर्माणका काम निरन्तर हुने बताउँदै विकास निर्माणलाई उत्पादनमा जोड्नुपर्ने बताए । जनताको माग र आवश्यकताका आधारमा विकास निर्माणका कामलाई तीब्रता दिइने अधिकारीले बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यस पुलले दुई गाउँ जोड्न ठूलो सघाउ पुगेको बताए । पुलले दुई गाउँ जोडेपछि केन्द्र कहाँ राख्ने भन्ने विवादलाई साम्य बनाएको ओझाले बताए ।
वडा नं. ३ का अध्यक्ष दिपेन्द्र गौतमले झोलुङ्गे पुलले टाकंजा र पोल्याङको दूरी घटाउँदै जनताको दैनिक जीवनलाई सहज बनाएकोमा खुसी व्यक्त गरे । गौतमले खाल्टे खोलामा मोटेरेबल पुलको पनि प्रदेश सरकारसँग माग गरेका थिए । आफूहरु जनताको सेवामा निरन्तर लागि परेको र जनताले पनि योजना निर्माण र सम्पन्न गर्न साथ दिएको गौतमको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरीता माल, रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका प्रमुख जनकराज पन्त, मुस्लिम इत्तेहाद केन्द्रीय सदस्य सहबक्स मिया, सामुदायिक बन उपभोक्ता महासंघ गण्डकीका अध्यक्ष कालिदास सुवेदी लगायतले बोलेका थिए ।

डेढ करोड लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । कास्कीकै लामो पुल सिक्लेसमा रहेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो