कास्की जिल्लाकै दोस्रो लामो पुल रुपा गाउँपालिकामा उद्घाटन गरिएको छ ।
वडा नंं ३ स्थित टाकाञ्जा र पोल्याङ जोड्ने ३ सय १६ मिटर लामो उक्त पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नयाँ वर्षका दिन शनिबार उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले गाउँमा विकास पुगे पनि जनता शहर झरेकोमा चिन्ता व्यक्त गरे । अधिकारीले भने, ‘गाउँमा विकास त भइरहेको छ तर जनता शहर झर्ने क्रम रोकिएन ।’ गाउँमै काम गर्ने, सहज जीवनयापन गर्न सकिने वातावरण हुँदाको अवस्थामा बजार नझर्न अधिकारीले अनुरोध समेत गरे ।
मुख्यमन्त्री अधिकारीले विकास निर्माणका काम निरन्तर हुने बताउँदै विकास निर्माणलाई उत्पादनमा जोड्नुपर्ने बताए । जनताको माग र आवश्यकताका आधारमा विकास निर्माणका कामलाई तीब्रता दिइने अधिकारीले बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यस पुलले दुई गाउँ जोड्न ठूलो सघाउ पुगेको बताए । पुलले दुई गाउँ जोडेपछि केन्द्र कहाँ राख्ने भन्ने विवादलाई साम्य बनाएको ओझाले बताए ।
वडा नं. ३ का अध्यक्ष दिपेन्द्र गौतमले झोलुङ्गे पुलले टाकंजा र पोल्याङको दूरी घटाउँदै जनताको दैनिक जीवनलाई सहज बनाएकोमा खुसी व्यक्त गरे । गौतमले खाल्टे खोलामा मोटेरेबल पुलको पनि प्रदेश सरकारसँग माग गरेका थिए । आफूहरु जनताको सेवामा निरन्तर लागि परेको र जनताले पनि योजना निर्माण र सम्पन्न गर्न साथ दिएको गौतमको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरीता माल, रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका प्रमुख जनकराज पन्त, मुस्लिम इत्तेहाद केन्द्रीय सदस्य सहबक्स मिया, सामुदायिक बन उपभोक्ता महासंघ गण्डकीका अध्यक्ष कालिदास सुवेदी लगायतले बोलेका थिए ।

डेढ करोड लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । कास्कीकै लामो पुल सिक्लेसमा रहेको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो