पोखरा । हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ ।
हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो ।
हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई जन्मथलो याङ्जाकोट पुगेर एक कार्यक्रमकाबीच संरक्षकत्व अर्पण गरे ।
सो अवसरमा बोल्दै प्राज्ञ डा. गुरुङले साँस्कृतिक परिवारप्रती आभार प्रकट गरे । उनले याङ्जाकोटमा आफ्नै कारणले साहित्यिक र सांस्कृतिक गतिविधि बढेको बताए ।
‘मैले आफ्नो विज्ञापन गरेको होइन, म गाउँमै बस्न मन पराउँछु । गाउँकै अर्गानिक खाना खान्छु मलाई प्राय सबैले भेट्न गाउँमै आउँछन्’, प्राज्ञ गुरुङले भने, ‘मलाई कवि, लेखक, साहित्यकारहरुले गाउँमै भेट्न आउँदा गाउँमा साहित्यिक र सांस्कृतिक गतिविधि बढेको छ ।’
उनले अबका दिनमा हिमाली सांस्कृतिक परिवारले याङ्जाकोटमा प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्नुपर्ने आशय व्यक्त गरेका थिए ।
यस्तै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गाउँपालिकामा साहित्यिक र सांस्कृति गतिविधि बढाउन हिमाली सांस्कृतिक परिवारसँग सहकार्य गर्ने तयार रहेको बताए ।
उनले स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्न गाउँपालिकाको कार्यपालिकाको बैठकमा छलफल भइरहेको समेत बताए ।
कार्यक्रमकै अवसरमा हिमाली सांस्कृतिक परिवारले प्रमुख सल्लाहकारमा कवि, लेखक तथा साहित्यकार प्रकाश शायमीलाई मनोनित गरेको छ ।
यस्तै पृथ्वीमान गुरुङ, हरीचन्द्र रञ्जित, सोभित बुद्धचार्य र सुशान ताङ्वेलाई आजीवन सदस्य प्रदान गरेको छ ।
संरक्षक अर्पण तथा नयाँ वर्ष शुभकामना साँझमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानार्थ सदस्य टिकाबहादुर कार्कीले स्वागत मन्तव्य र संस्थाका सल्लाहकार एवम् पत्रकार दिपेन्द्र श्रेष्ठको कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन