पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा रहेको बिन्दवासिनी आयल स्टोरमा तेल भर्दै गरेको स्कुटरमा अगलागी भएको छ ।
आइतबार दिउँसो करिब ४ बजेतिरको समयमा ग८प ८२१८ नम्बरको स्कुटरमा तेल हालिरहेको समयमा एक्कासी आगलागी भएको हो । कास्कीको रुपा गाउपालिका वडा नं. ६ भिरकोट घर भएका अतिश खड्काको नाममा रहेको उक्त स्कुटरमा आगो लागेको बुझिन्छ ।
स्थानीय बासिन्दा र प्रहरीसमेतले उक्त आगलागी भएको स्कुटरलाई तानेर केही पर लागेका कारण पेट्रोल पम्पमा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागीबाट स्कुटर जलेर ध्वस्त भएको छ । तत्काल आगो नियन्त्रणमा लिँदा ठूलो दुर्घटना टर्यो । पेट्रोल पम्पमा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
मदन–आश्रितको सम्झनाः पोखराको स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई, जबजको विशेषताबारे विवेचना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान गर्न प्रोत्साहन प्याकेज
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग