पोखरा । आज चैत्र शुक्ल अष्टमी । देशभर चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।
वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ ।
आज देशभरका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । काठमाण्डौ उपत्यकाका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हनुमानढोकामा आज विशेष पूजा गरिन्छ ।
यस्तै भोलि बुधबार नवमीको दिन श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमी मनाउने गरिन्छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । चैते दशैँको अवसरमा आज गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
सम्बन्धित खबर
१० महिनामा एक लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे
मुस्ताङमा दुई भारतीय पर्यटकको हेली उद्धार
तनहुँको घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग