पोखरा — कास्कीका सहकारी पीडित संगठित बनेका छन् । उनीहरूले आन्दोलनको तयारी पनि गरेका छन् । कास्कीका ६ सहकारीका पीडितको पोखरामा बसेको भेलाले संयुक्त रूपमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको हो ।
पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ । यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त रूपमा जाने निर्णय गरेका हुन् । बचतकर्ताको रकम फिर्ता गर्न सरकार र राजनीतिक दलले पहल नगरेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । भेलाले कास्की सहकारी बचतपीडित संघर्ष समिति गठन गरेको छ ।
सूर्यदर्शन सहकारीपीडित किरण श्रेष्ठको संयोजकत्वमा गठित समितिको उपाध्यक्षमा इमेज सहकारीपीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिवशिखर सहकारीपीडित टेकराज तिमिल्सिना, सचिवमा मित्रमिलन सहकारीपीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारीपीडित धम पुन छन् । विन्ध्यवासिनी सहकारीका प्रतिनिधि पनि संघर्ष समितिमा छन् ।
संयोजक श्रेष्ठले एक साताभित्र पोखरामा सहकारीपीडितले बृहत् प्रदर्शन गर्ने भेलाले निर्णय गरेको बताए ।
सहकारी ठगीमा मुछिएका गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई चैत २७ मा मन्त्रालयमै भेटेर पीडितले समस्या सुल्झाउन माग गरे पनि हालसम्म बेवास्ता भएको संयोजक श्रेष्ठले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा आएकै बेला पीडितले समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
सहकारी ठगीका सबै अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने, निष्पक्ष छानबिन गर्नुपर्ने, पीडितका बचत रकम तत्काल फिर्ता गर्नुपर्नेलगायत माग संघर्ष समितिको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो