पोखरा। बाटोमा हराएको १७ लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाइएको छ।
पोखरा महानगरपालिका ८ पृथ्वीचोकमा रहेको रहेको माता श्री ज्वेलर्सबाट बैंकमा जम्मा गर्न लगिएको १७ लाख रुपैयाँ हराएकोमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहिबार दिउँसो अन्दाजी १:३० बजे उक्त ज्वेलर्समा काम गर्ने ४३ वर्षीय कालिगढ मनोहर पवँरले नयाँबजार स्थित कृषि विकास बैंकमा जम्मा गर्न भन्दै कालो रंगको झोला मोटरसाइकलको लेगगार्डमा बाँधेर लगेका थिए। तर, अचानक मोटरसाइकल पार्किङमा राखेर झोला हेर्दा नदेखेपछि घटनाको खबर ज्वेलर्स संचालक हुँदै प्रहरीसम्म पुगेको थियो।
नगद हराएको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माको कमाण्डमा खटिएको प्रहरीको टोलीले सिसिटिभी र अन्य माध्यमबाट अनुसन्धान शुरू गरेको थियो।
अनुसन्धान तथा खोजतलासका क्रममा उक्त झोला भारत घर भइ हाल पोखरा -३ पालिखेचोक बस्ने ६५ वर्षीय छोटुलाल शर्माले फेला पारेको भन्ने जानकारी प्राप्त भएकाे थियो। बाइकबाट खसेको झाेला छोटुलालले पाएपछि हात हल्लाएर बाइक रोक्न खोजेको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
उनकै रोहवरमा ज्वैलर्सका संचालक पोखरा ५ निवासी ४३ वर्षीय ध्रुव कुमार सुनारलाई बुझाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते