पोखरा। बाटोमा हराएको १७ लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाइएको छ।
पोखरा महानगरपालिका ८ पृथ्वीचोकमा रहेको रहेको माता श्री ज्वेलर्सबाट बैंकमा जम्मा गर्न लगिएको १७ लाख रुपैयाँ हराएकोमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहिबार दिउँसो अन्दाजी १:३० बजे उक्त ज्वेलर्समा काम गर्ने ४३ वर्षीय कालिगढ मनोहर पवँरले नयाँबजार स्थित कृषि विकास बैंकमा जम्मा गर्न भन्दै कालो रंगको झोला मोटरसाइकलको लेगगार्डमा बाँधेर लगेका थिए। तर, अचानक मोटरसाइकल पार्किङमा राखेर झोला हेर्दा नदेखेपछि घटनाको खबर ज्वेलर्स संचालक हुँदै प्रहरीसम्म पुगेको थियो।
नगद हराएको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माको कमाण्डमा खटिएको प्रहरीको टोलीले सिसिटिभी र अन्य माध्यमबाट अनुसन्धान शुरू गरेको थियो।
अनुसन्धान तथा खोजतलासका क्रममा उक्त झोला भारत घर भइ हाल पोखरा -३ पालिखेचोक बस्ने ६५ वर्षीय छोटुलाल शर्माले फेला पारेको भन्ने जानकारी प्राप्त भएकाे थियो। बाइकबाट खसेको झाेला छोटुलालले पाएपछि हात हल्लाएर बाइक रोक्न खोजेको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
उनकै रोहवरमा ज्वैलर्सका संचालक पोखरा ५ निवासी ४३ वर्षीय ध्रुव कुमार सुनारलाई बुझाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन