पोखराको लेकसाइड स्थित एक होटलको झ्यालबाट खसेर युवकको ज्यान गएको छ ।
रौतहट जिल्ला गौर नगरपालिका घर भएका २८ वर्षीय भुवनेश झाको बिहान ७ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा वडा नं. ६ लेकसाइड, स्ट्रीट नं. १४ मा रहेको होटल तुलसीको दोस्रो तल्लामा झा बसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले गण्डकन्यूजलाई जानकारी दिए ।
डीएसपी शर्माका अनुसार ६ जनाको टोली मिलेर पोखरा आएका थिए । होटलमा उनीहरूले ३ वटा कोठा लिएका थिए । एक कोठामा झा र अर्का एक साथी सुतेका थिए । ति साथीसहित पाँच जना तथा होटल सञ्चालकसँग प्रहरीले घटनाबारे सोधपुछ गरेको छ ।
होटल सञ्चालकका अनुसार विगत तीन दिनदेखि उनीहरु त्यहाँ बसेका थिए । ६ जनाको टोलीमा तीन युवक र एक युवती गरी ४ जना बंगलादेशी, मृतक झा र अर्का एक नेपाली युवती थिए ।
‘पोखराकै साथीको बिहेमा सहभागी हुन टोली आएर हाम्रो होटलमा बसेका थिए । हिजो बिहे पार्टी रैछ । रातभरी बाहिरै थिए । क्लब गएर आएको भन्ने सुन्या हो । बिहान ७ बजेतिर मात्र होटल आएको सीसीटीभी फुटेजमा देखिन्छ ।’ होटल सञ्चालकले गण्डकन्यूजसँग भने ।
होटलका फ्रण्ट म्यानेजर सञ्जय गुरूङले स्वयं प्रत्यक्षदर्शी रहेको जनाए । उनका अनुसार ६ जना रहेकाले पालैसँग गाडीमा आएका थिए र उनीहरू ड्रन्क थिए ।
माथि उक्लेको १ घण्टा पछि झा झ्यालबाट खसेको होटलका फ्रण्ट म्यानेजर गुरूङले बताए । ‘एक जना खसेपछि हामी माथि जाँदा काेठामा सँगैका साथी बोल्न सक्ने अवस्थामा थिएनन्’ – उनले भने- ‘हामीले तत्काल एम्बुलेन्स पनि बोलायौँ । एम्बुलेन्सले अलिक समय पनि लगाए । प्रहरीलाई खबर गरेका हौँ । प्रहरीले शव बुझेर पोष्टमार्टमका लागि लगिसकेका छन् । मृतकका आफन्तहरु पछि आएका थिए ।’
प्रत्यक्षदर्शी र थप विवरण प्राप्त भएपछि अद्यावधिक गरिएको (समयः २१ः०३ बजे) सं.
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ