पोखरा । पोखरामा बर्खा लागेपछि मुख्य समस्या खानेपानी हो । खुला आकाशमुनीबाट बाँध बाँधेर खोलाको पानी सीधै पाईप भित्र पठाउँदा यहाँको पानी पिउन योग्य छैनन् । तर सम्बन्धित निकायलाई यसको चासो छैन ।
खानेपानीका बिषयमा जति धेरै बहस र छलफल हुनुपर्ने हो, पोखरेली नागरिक समाज र सरोकारवाला निकायले पनि उतिधेरै बहश चलाएको छैन । जसका कारण उपभोक्ताले जारको पानी किनेर पिईरहेका छन् भने केही उपभोक्ता सोझै फोहोर पानी पिउन बाध्य छन् ।
तर खानेपानी संस्थान भने तत्काल कुनैपनि उपाय चलाउन नसक्ने बताउँछन् । संस्थानको विन्ध्यावासिनी वितरण केन्द्र प्रमुख दिनेश्वर यादव पोखराको पूरानो चलन भैसकेको बताउँछन् । ‘पानी परेपछि खोलामा धमिलो पानी आउँछ । संस्थानले खोलाबाटै पानी ल्याएर वितरण गरिरहेको छ, उनले भने–एक दिन पनि पानी रोक्न सकिँदैन । अरु विकल्प पनि छैन ।’
https://www.facebook.com/gandaknews/videos/893103294215257/
उनका अनुसार असार, साउन र भदौ गरी ३ महिना चाहीँ धमिलो पानी आउछ । ‘५ करोड लिटर पानी मर्दीबाट मात्रै आउँछ । १ दिन पानी राकिदिने भने पोखराभरी हाहाकार हुन्छ, उनी थप्छन्–३ महिना धमिलो पानी आउने समस्या अहिलेको होईन । अव जाईकाको प्रोजेक्ट पूरा भएपछि सजिलो होला ।’
संस्थानले पोखराका ४१ हजार परिवारलाई पानी वितरण गर्दै आएको छ । मर्दीखोला, कालिखोला, भोटीखोला र संस्थानकै बोरिङबाट पानी आयात गरेर पोखराभित्र वितरण हुन्छ । संस्थानले खानेपानी बेचेर प्रति युनिट (१ हजार लिटर) को २५ रुपैयाँ लिन्छ ।
हरेक बर्ष २२ करोड हाराहारीमा पानी बेचेर संस्थालाई कमाई हुन्छ । ‘२२ करोड हाराहारीमा विलिङ प्रत्येक बर्ष हुन्छ । २ करोड संस्थान पोखराले खर्च गरेपनि २० करोड जति त नाफा हुन्छ, श्रोतले भन्यो–नेपाल खानेपानी संस्थानको मुटु भनेकै पोखरा हो । यहीँको नाफाले पूरा संस्थान चलेको छ ।’
संस्थानले १७ करोड रुपैयाँ अझै बजारबाट उठाउन बाँकी छ । कार्यालयका अनुसार ६ करोडसँग नागरिकसँग र बाँकी सरकारी कार्यालयसँग उठाउने बक्यौता रहेको छ । पोखरामा खानेपानी संस्थानमा आवश्यक कर्मचारी नभएकै कारण पनि स्वच्छ पानी वितरणमा समस्या भएको एक कर्मचारीले बताए । ‘१ सय ५९ जनाको दरबन्दी हो । अहिले ८२ जनाले मात्रै काम गरिरहेका छन्, उनले भने–जनशक्ति अभाव निकै छ । तर संस्थानले वास्ता गरेको छैन ।’
अहिले पोखरामा स्वच्छ पानी वितरण गर्ने उद्देश्यले जापान सहयोग नियोग (जाइका) ले ट्रिटमेण्ट प्लाण्ट निर्माणको काम गरिरहेको छ । आवश्यक जग्गा अधिग्रहणको काम सकिएको छ भने केही दिनभित्रै आयोजना निर्माणको लागि टेण्डर आह्वान हुने बताईएको छ ।
प्रकाश ढकाल / डिएनएनेपालबाट ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए