पोखराको वडा नं. १४ चाउथे, एयरपोर्ट अगाडि बसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
मंगलबार राति करिब ८ बजेको समयमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट पोखरा १४ खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो । उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकी पठाएकोमा राति साढे ८ बजे मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
स्कुटर चालक पोखरा ८ सिमलचौर बस्ने २१ वर्षीया दिपीका गुरुङको उक्त अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते गुरुङको अवस्था मध्यम छ ।
प्रहरीले बस र चालक सिन्धुपाल्चोक जिल्ला चौतारा साँघुचोकगढी नगरपालिका १३ बस्ने ३९ वर्षका विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित खबर
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग