पोखरा। कास्की प्रहरीले अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -२४ बाँस्कोट स्थित खटिएको प्रहरीको टोलिले अवैध हतियारसहित पोखरा -१८ जामुनेबोट बस्ने ३८ वर्षीय राजु न्याकेट भनिने नर बहादुर विकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले लुकाई छिपाई राखेको हतियार ९ एम.एम अटो पेस्तोल र पेस्तोलमा लाग्ने १ राउण्ड गोली लगायत नगद र जिन्सी समान सहित उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट बा.प्र.०२.-०३३ प १६३३ नं. को मोटरसाइकल, नगद १६ हजार र मोवाइल एक थान समेत वरामद गरेको छ।
हाल प्रहरी नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीको भनाइ छ।
सम्बन्धित खबर
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ
ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी नियन्त्रणमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग