मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

दुर्घटना

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

gorkh bik

गोरखा–आवुखैरेनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–११ चौधकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार गोरखाबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा गहतराज घाइते बनेका थिए । उनको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार उनकी श्रीमती सीता गहतराज घाइते भएकी छिन् । उनको गोरखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ