पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आरोपी २ जनालाई उच्च अदालत पोखराले पनि थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालतले यसअघि नै थुनामा पठाएका प्रमोद भट्टराई र भवेश्वर अर्याललाई उच्चले सदर गरिदिएको हो ।
उनीहरुले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग सहित उच्चमा पुनरावेदन गरेका थिए । भवेश्वर सहकारीको पूर्व सञ्चालक समिति तथा सफ्ट्वेयर डेभलपर हुन् । प्रमोद पनि सफ्ट्वेयरमै काम गर्छन् । उनी २०८० सम्म सञ्चालक समितिमा थिए ।
सहकारीका ५ जना हालसम्म पुर्पक्षका लागि थुनामा गैसकेका छन् । सबैले जिल्ला अदालतको आदेश विरुद्ध उच्चमा पुनरावेदन गरेकोमा सबैजनाको मुद्दामा जिल्लाले गरेकै फैसलालाई उच्चले सदर गरिदिएको छ ।
यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सञ्चालक समितिका कोषाध्यक्ष कुमार रम्तेल र शिवबहादुर गुरुङ (महेन्द्र भोटे) कारागार चलान भएका हुन् । पीडितहरूले निरन्तर रूपमा रकम उठाइदिन सरोकारवालासँग आग्रह गरे पनि समस्या समाधान भएको छैन ।
सहकारीका अध्यक्ष गीतेन्द्रबाबु राई (जीवी) सहित १४ जना फरार छन् । सहकारीको रकम घोटालामा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । यद्यपी उनले सहकारीको कुनैपनि कारोबारमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिँदै आएका छन् ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो