पोखरा । पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ ।
मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खालि गर्न पटक पटक आग्रह गरेको भए पनि अटेर गरी बसेपछि महानगरले हटाउनु परेको हो ।
पोखरा २४ स्थित कालिका माध्यमिक विद्यालयको कि.न १८५४ मा अस्थायी टहरा निर्माण गरेको पाइएपछि उनीहरूलाई त्यहाँबाट हटाई पाउँ भनी विद्यालयले दिएको निवेदनका आधारमा आइतबार हटाइएको महानगरिय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।
यसैबिच पामे–चालिसे बडहरे–सिसौउडी–रत्नेटार हुँदै राउसेओडार कनेक्टिभिटी रोडको पामेचोकमा सडकको मापदण्ड विपरीत निर्माण गरिएको संरचना समेत हटाइएको छ । प्रहरी प्रमुख थापाका अनुसार पामेचोक स्थित पामे बचत तथा ऋण सहकारी संस्था रहेको भवन र राम कुमारी सुवेदीको अतिक्रमित संरचना हटाइएको छ ।
सडकको केन्द्र भागबाट ७ मिटरको मापदण्ड नछोडी संरचना निर्माण गर्दा सडकको मापदण्ड नपुगेका कारण निज राम कुमारी सुवेदी र कृष्ण प्रसाद तिमिल्सीनाको संरचना हटाइएको हो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो