पोखरा । राष्ट्रिय होम स्टे महासंघको आयोजनामा भएको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
एक हप्तासम्म संचालन भएको तालिम समापनको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रालयका सचिव कुमान सिं गुरुङले होमस्टे राम्रो संग संचालन गर्न सकेमा स्थानिय उत्पादनको खपत वढाउनुका साथै आय आर्जन पनि बढाउन सकिने बताए ।
उद्योग तथा पर्यटन महाशाखा प्रमुख रामप्रसाद आचार्य,शाखा प्रमुख डम्बर जिसी, प्रमुख प्रशिक्षक सुर्य न्यौपाने, पोखरा २२ की वडा सदस्य कृष्ण कुमारी देवकोटा, राष्ट्रिय होमस्टे महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक प्रकाश चन्द्र गुरुङ,केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश संयोजक धनिश्वर वस्याल, उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख उर्मिला गुरुङ,महासचिव कृष्ण चौधरी, कोषाध्यक्ष सुरज वास्तोला,भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष राम गुरुङ, भुम्दी आमा समुहकी अध्यक्ष राधा गुरुङ लगायतले बोलेका थिए ।
होमस्टे महासंघका गण्डकीका अध्यक्ष धनिराम गैरेको अध्यक्षतामा भएकोकार्यक्रमको संचालन निर्वतमान अध्यक्ष हरिलाल पौडेल र स्वागत उपाध्यक्ष मोहन खनालले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन