पोखरा । पोखरेली श्रष्टा नरहरि भट्टराई द्वार लिखित ‘शान्ति’ उपन्यासको लोकार्पण भएको छ।
शनिबार शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौरले आयोजन गरेको कार्यक्रममा संस्कृतिकर्मी प्रा डा कुसमाकर न्यौपानेले उपन्यास विमोचन गरे । कृति विमोचन पश्चात कार्यक्रममा बोल्दै प्रा डा न्यौपानेले बाटुलेचौर क्षेत्र नेपाली भाषा साहित्य र शिक्षाका लागि उर्भर थलो भएको बताउँदै यस क्षेत्रबाट निरन्तर कृर्तिहरु प्रकाशन भै रहेकोमा खुशी व्यक्त गरे । साहित्यका साधक नरहरि भट्टराई जस्तो असल गुरू र व्यक्तित्वको कृर्ति लोकार्पण गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ संरक्षक कुन्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, सल्लाहाकार कुल बहादुर खत्री, प्रतिष्ठानका गीता भण्डारी, लगायतले शुभकामना व्यक्त गर्दै स्रष्ठा नरहरि भट्टराईको साहित्य साधनाको प्रशंसा गरे । कृतिको समालोचना गर्दै डा श्रीधर न्यौपानेले सरल र सहज भाषा शैलीका कारण कृति उत्कृष्ट बनेको बताए ।
प्रतिष्ठानका अध्यक्ष हरि बहादुर बरुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार राम प्रसाद पौडेल घर्मेलीले स्रष्ठाको परिचय दिदैँ उपन्यास सामान्य व्यक्तिले पनि सहज रुपमा बुझ्न सक्ने धारणा राखे । प्रतिष्ठानका सचिव दिपेन्द्र बानियाँको संचालन रहेको उक्त कार्यक्रममा स्रष्ठा नरहरि भट्टराई तथा उहाँकी धर्मपत्नि ज्ञानु भट्टराईलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रा डा न्यौपानेले भट्टराई दम्पत्तिलाई प्रशस्ति पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।
श्रष्टा भट्टराईका यसअघि पनि कविता संग्रह सहित विभिन्न कृति प्रकाशित भईसकेका छन्। लामो समय शिक्षण पेशामा बिताएका भट्टराई हाल साहित्य सिर्जनामा सक्रिय छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर