पोखरा । यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डाँडाखेतका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डाँडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो ।
सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षती भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै यूनाइटेड क्लबको सिको अन्य क्लवहरुले समेत गर्न सकेको खण्डमा पिडितले सानो भएपनि राहत पाउने बताए ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापना काल देखि पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको यूनाइटेड क्लबले २०७२ को बिनाशकारी भुकम्प पश्चात विपदको क्षेत्रलाई समेट्नेगरी छुट्टै विपद ब्यवस्थापन कोष निर्माण गरी अगाडी बढेको बताए । उक्त कोषका लागि हरेक वर्ष तिहारको अवसरमा देउसी भैलो कार्यक्रम मार्फत रकम संकलन गरी दैवी प्रकोपमा परेकालाई युनाइटेड क्लबले राहत रकम प्रदान गर्दैै आइरहेको बताए ।
क्लबको सामाजिक दायरा फराकिलो रहेको बताउदै अध्यक्ष श्रेष्ठले क्लवले हाल सम्म पश्चिमको कैलालीको कैलारी गाउँपालिकाका हावाहुरी प्रभावित, पूर्वको उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित, कास्कीको सराङकोट पहिरो प्रभावित, जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितलाई विपद ब्यवस्थापन कोष मार्फत राहत प्रदान गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।
सो अवसरमा वोल्दै आगलागीबाट पूर्ण रुपमा क्षती भएका यदुनाथ पाध्याले आफुहरु जंगलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासी जंगलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केहीपनि बांकी नरहेको वताउदै सहयोगीहरुको साथले आफुमा आत्मबल थपिएको बताए ।
उक्त कार्यक्रम मा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाज बाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । बाग्लुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैया बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुर प्रसाद सापकोटा र पदाधिकारी द्वारा आगलागी प्रभावितहरुलाई प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बाग्लुङ नगरपालिका वडा नं १२ का वडा सदस्य महानन्द शर्मा, युनाइटेड क्लब का कोषाध्यक्ष सुर्य बहादुर बानियाँ, बागलुङ समाज पोखराका निबर्तमान अध्यक्ष डिल्लि प्रसाद शर्मा, बागलुङ समाज पोखरा का उपाध्यक्ष नरेश सुबेदि, कोषाध्यक्ष बालकृष्ण सापकोटा, दुमनाथ शर्मा लगाएतको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य ठाकुर प्रसाद सापकोटा र युनाइटेड क्लबका कार्यसमिति सदस्य जयराम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ