पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित ‘खेल्छ गण्डकी’ अन्तर्गत प्रशिक्षण लिइरहेका दर्जन खेलाडीलाई प्रोत्साहन स्वरुप पोखरा वडा नं. १५ कार्यालयले सहयोग गरेको छ ।
खेल्छ गण्डकी कार्यक्रममा सहभागी वडाका १२ जना खेलाडीलाई प्रोत्साहन गर्दै वडाले सहयोग गरेको हो ।
गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा विपन्न वर्गका बालबालिकाका लागि ६५ दिने टेनिस प्रशिक्षणमा सहभागी उनीहरुलाई जनही तीन हजारका दरले ३६ हजार बराबरको पौष्टिक आहार प्रदान गरेको वडाध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए ।
जिल्ला खेलकुद कास्कीका अध्यक्ष समेत रहेका वडाध्यक्ष बाँनियाले आफ्नो वडाले पूर्वाधार विकासमा मात्रै नभई वडावासीलाई स्वस्थ राख्न खेलकुदलाईसमेत प्राथमिकतामा राखेको बताए ।

खेल्छ गण्डकी कार्यक्रम प्रदेश खेलकुदको बहुआयामिक कार्यक्रम मध्येको एक रहेकोले यस कार्यक्रममार्फत् खेलाडी उत्पादनमा समेत उत्तिकै महत्वपूर्ण रहेको उनको भनाई थियो ।
वडा सदस्य आशिष भण्डारीका अनुसार सोहि कार्यक्रममा हालै सम्पन्न पोखरा महानगरस्तरीय ब्याडमिन्टनमा पदक जित्न सफल खेलाडी तिलमायाँ राना, मनु राना, प्रदिप श्रेष्ठ र डोलराज आलेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । यस्तै, ब्याडमिन्टन प्रशिक्षक एवं रेफ्रि ज्ञानेन्द्र भण्डारीलाई समेत सम्मान गरेको थियो ।
उक्त प्रतियोगितामा वडा नं. १५ ले सिंगल्स मेन्सतर्फ रजत, मेन्स र वमेन्स डबल्समा काश्य पदक जितेको थियो । कार्यक्रममा गण्डकी खेलकुद परिषद् सदस्य केशव पाठक, कार्यपालिका तथा वडा सदस्य मन्दिरा परियार, वडा सदस्यहरू बलराम पौडेल, सेतीमाया गुरुङ, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन