पोखरा-२९ पूर्ण खोप वडा घोषणा

पोखरा-२९ पूर्ण खोप वडा घोषणा

Dadura-Rubela Khop Tanahun 20

पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडाका सबै बालबालिकालाई पूर्ण खोपका मात्र प्रदान गरिएकाले सो घोषणा गरिएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए ।

वडाले चालु आर्थिक वर्षको १० महिनामा वडा भित्र रहेका १६ देखि ५९ महिनाका सात सय १८ जना र १५ महिनासम्मका दुई सय आठ बालबालिकाको लागि आवश्यक पर्ने १३ प्रकारका खोपको मात्र पूरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दीगोपन वडा घोषणा गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनश्वास्थ्य निरीक्षक महेन्द्र गुरुङले वडाध्यक्ष श्रीप्रसाद गुरुङलाई पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सहरी स्वाथ्य केन्द्रका प्रमुख विशाल पौडेल, वडा सचिव दुर्गा न्यौपाने, खोप समोन्वय समितिका सदस्य बाबुराम सुवेदी,कार्यपालिका सदस्य निर्मला पौडेल,वडा खोप समन्वय समिति पोखरा २९ की फोकलपर्सन सावित्रा लामिछाने,व्यवस्थापन समितिका सदस्य चेतबहादुर गुरुङले बच्चा देखि आमाको स्वास्थ्यलाई समेत ख्यालमा राख्दै स्वास्थ्य परमर्श र घरघरमा पुगेर समयमा नै खोप लगाउनसफल भएको बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds