पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडाका सबै बालबालिकालाई पूर्ण खोपका मात्र प्रदान गरिएकाले सो घोषणा गरिएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए ।
वडाले चालु आर्थिक वर्षको १० महिनामा वडा भित्र रहेका १६ देखि ५९ महिनाका सात सय १८ जना र १५ महिनासम्मका दुई सय आठ बालबालिकाको लागि आवश्यक पर्ने १३ प्रकारका खोपको मात्र पूरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दीगोपन वडा घोषणा गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनश्वास्थ्य निरीक्षक महेन्द्र गुरुङले वडाध्यक्ष श्रीप्रसाद गुरुङलाई पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सहरी स्वाथ्य केन्द्रका प्रमुख विशाल पौडेल, वडा सचिव दुर्गा न्यौपाने, खोप समोन्वय समितिका सदस्य बाबुराम सुवेदी,कार्यपालिका सदस्य निर्मला पौडेल,वडा खोप समन्वय समिति पोखरा २९ की फोकलपर्सन सावित्रा लामिछाने,व्यवस्थापन समितिका सदस्य चेतबहादुर गुरुङले बच्चा देखि आमाको स्वास्थ्यलाई समेत ख्यालमा राख्दै स्वास्थ्य परमर्श र घरघरमा पुगेर समयमा नै खोप लगाउनसफल भएको बताएका थिए ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह