पोखरा । फेवाताल मापदण्डका सम्बन्धमा सर्वाेच्च अदालतको आदेशमा असन्तुष्टि जनाउँदै फेवाताल छेउका होटल व्यवसायी सर्वाेच्चमा जाने तयारीमा छन् ।
हाेटेल रानीवन आर्केडका सञ्चालक हरि भुजेलले तालको मापदण्ड ६५ मिटर कायम गर्ने सर्वाेच्चको आदेश न्यायपूर्ण नभएको बताए ।
‘फेवाताल संरक्षण गर्नुपर्छ भन्नेमा हाम्रो पनि सहमति छ, ताललाई असर पर्ने गरी कुनै पनि काम गर्दैनौं । तर अदालतको आदेश न्यायपूर्ण छैन, हाम्रो मौलिक अधिकारको वेवास्ता भएको छ ।’ उनले भने ।
फेवाताल वरपरका रैथाने वासिन्दालाई पोखरा महानगरले सुकुमबासी बनाउन लागेको भुजेलले आरोप लगाए । मादण्ड निर्णयका समयमा कर तिरेको लगायतका कागजपत्र महानगरले लुकाएको उनले दावी गरे ।
‘हामीसँग १९९० सालदेखि कर तिरेको प्रमाण छ । प्रमाण जुटाइसकेका छौं ।’ उनी भन्छन् । ‘१२/१५ जनाले कर तिरेको, लालपुर्जा जम्मा गरिसकेका छौं अरु पनि थपिएपछि सरकार विरुद्ध रिट दायर गर्न सर्वाेच्च अदालत जानेछौं ।’
मापदण्डको निर्णयले व्यवसायी, स्थानीयलाई समस्या परेको भुजेलले बताए । महानगरले सम्पत्ति जफत गरेर मुआब्जा दिए पनि त्यो रकमले न त नयाँ व्यवसाय खोल्न सकिन्छ न त अर्काे ठाउँमा सर्न सकिने उनको भनाइ छ ।
‘व्यसायमा मन्दि, व्यापार छैन त्यसमाथी बैंकले ऋण चुक्ता गर्न दवाव दिइरहेको छ । महानगरले व्यवसाय सुरु गर्ने बेलामा अनुमति दियो, बिजुली पानी जडान गर्न अनुमति दियो अहिले ६५ मिटरभित्रका संरचना अवैध भन्न कसरी मिल्छ ? उनले प्रश्न गरे ।’
पोखरा महानगरपालिकाको २०७८ चैत १६ मा बसेको कार्यपालिका बैठकले फेवातालसहित पोखराका सबै तालका मापदण्ड आधा भन्दा बढी घटाउने निर्णय गरेको थियो । सर्वाेच्च अदालतले महानगरको रिट बदर गर्दै तालको मापदण्ड ६५ मिटर कायम हुने आदेश दिएको थियो ।
फेवातालको मापदण्ड २०३० मंसिर १५ गते पोखरा नगर योजनालाई तत्कालीन सरकारले स्वीकृत गरी कार्यान्वयनमा छ । योजनामा पोखराका सम्पूर्ण तालको मापदण्ड निर्धारण गरिएको छ । उक्त मापदण्डमा फेवातालको किनारादेखि ६५ मिटरसम्म कुनै संरचना निर्माण गर्न नपाइने उल्लेख छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो