पोखरा महानगरपालिका वडा नं. १२ ले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ ।
वडा नं. १२ भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको हो । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा. केएन स्वामीले तयार पारेको संस्कार शिक्षा अन्य केही स्थानीय तहहरुले लागू गर्ने तयारी गरिरहेका छन् ।
अमरसिंह मा.वि. ले यही सालको शैक्षिकसत्रदेखि संस्कार शिक्षा सुरु गरिएको गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । पहिलो चरणमा कक्षा ७ र ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको छ ।
अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । ‘हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।’ – वडाध्यक्ष बास्तोलाले भने ।
यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोला र डा. केएन स्वामीबीच छलफल पनि भएको थियो । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।
पोखरा महानगरपालिका वडा नं. १२ भित्र ३ वटा सामुदायिक विद्यालयहरु छन् । यी विद्यालयमा ४ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो