पोखरा महानगरपालिका वडा नं. १२ ले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ ।
वडा नं. १२ भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको हो । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा. केएन स्वामीले तयार पारेको संस्कार शिक्षा अन्य केही स्थानीय तहहरुले लागू गर्ने तयारी गरिरहेका छन् ।
अमरसिंह मा.वि. ले यही सालको शैक्षिकसत्रदेखि संस्कार शिक्षा सुरु गरिएको गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । पहिलो चरणमा कक्षा ७ र ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको छ ।
अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । ‘हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।’ – वडाध्यक्ष बास्तोलाले भने ।
यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोला र डा. केएन स्वामीबीच छलफल पनि भएको थियो । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।
पोखरा महानगरपालिका वडा नं. १२ भित्र ३ वटा सामुदायिक विद्यालयहरु छन् । यी विद्यालयमा ४ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन