पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारद्धारा सम्पन्न भएका सडक तथा पूलको उद्घाटन गरिएको छ ।
शनिबार पोखरा महानगरपालिका वडा नम्बर १६ र पूर्वाधार विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भूतेखोला मोटरवेल पूल, भित्तेबजार सडक स्तरोन्नती र घुरकुना दाद्रे र्याले सडकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ समेत सहभागी थिए ।
पूर्वाधार विकास कार्यालय कास्कीका सि.डि.इ.शोभियत खड्काले तीनवटै योजनाको वस्तुस्थिति, खर्चको अवस्था लगायतका विषयमा प्रष्ट पारेका थिए । खड्काका अनुसार तीनवटै योजना आर्थिक वर्ष ०७९–०८० मा सुरु भएर आर्थिक वर्ष ०८०–०८१ मा सम्पन्न भएका योजना हुन् ।
भित्तेबजार सडक स्तरोन्नती काम अमित विल्डर्स खासाङ गाउँपालिका मुस्ताङको निर्माण व्यवसायीले सम्पन्न गरेका हुन् । यो योजनाको ठेक्का सम्झौता रकम ३ करोड ८१ लाख रुपैयाँ भएपनि ३ करोड ७१ लाखमा करिब ७ सय मिटरसडक स्तरोन्नती सम्पन्न भएको हो । बाटोको कुल चौडाई ८ मिटर रहेको छ ।
भूतेखोला मोटरवेल पूल निर्धारित समय भन्दा चार महिना अगाडि सम्पन्न भएको बताइएको छ । भदौरे निर्माण सेवा पोखराका निर्माण व्यवसायीले यो योजनाको ठेक्का प्राप्त गरेका थिए । ३ करोड २८ लाखमा सम्पन्न भएको पूल १४ मिटरको लम्बाइको रहेको छ ।
घुरकुना दाद्रे ¥याले सडक ३ करोड ५८ सम्झौता भएपनि ३ करोड ७६ लाख लागत लागेको थियो । यो योजनामा लागत बढ्नुको कारण बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु परेकोले भएको प्रष्ट पारिएको छ । कुल ३ किमी सडक मध्ये ८ सय ४० मिटरमा कालोपत्रे तथा बाँकीमा ग्राबेल र नाला निर्माण गरिएको हो । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दुधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा शहर झर्ने क्रम बढेको भन्दै यो क्रम रोकिनुपर्ने औंल्याए । विकास गाउँमा पुगेपछि त्यसको फाइदा लिँदै अर्गानिक खेती, होमस्टे लगायतका कार्य मार्फत पर्यटन मैत्री वातावरण निर्माण गरेर गाउँमा घुम्नको लागि पाहुना पुग्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । ‘पूर्वाधार गाउँमा हुने तर मानिसहरु गाउँ छोडेर जाने भयो, यसलाई रोक्नुपर्छ’ उनले भने ।
अर्मलामा बेला–बेलामा प्राकृतिक विपत्ति आएकोतर्फ संकेत गर्दै उनले प्रकृतिको दोहोन ठीक तरिकाले हुनुपर्नेमा जोड दिए । जनसंख्या वृद्धि भएपनि खोलाघरलाई कायमै राख्न उनको सुझाब छ । निकास मिचेर नभई निकास दिएर मात्र विकास गर्नुपर्ने उनले खुलाए । दबाब आयो भन्दैमा जोखिम बढी भएको ठाउँमा घरहरु निर्माण गर्ने अनुमति नदिन प्राविधिकहरुलाई समेत निर्देशन दिए ।
‘प्रकृतिको आफ्नै नियम छ, जहाँ पनि घर बनाएको कारण समस्या आउने गरेको छ, जति जनसंख्या बढेपनि खोलाघरलाई कायमै राख्नुपर्छ, निकास मिच्ने होइन व्यवस्थित गर्ने हो’ उनले भने ।
मुख्यमन्त्री अधिकारीले पोखरा १६ को विकासको लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगकको लागि सदैव तयार रहेको बताए ।
पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा, पोखरा १६ का पूर्व वडाध्यक्ष जीवन आचार्य र स्थानीय लिलाधर आचार्यले पोखरा १६ मा भएका विकास निर्माणका कार्य र भोग्नुपरेका समस्याका बारेमा बोलेका थिए ।
कार्यक्रममा सहजीकरण श्यामलाल लामिछानेले गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह