पोखरा । युवा व्यवसायी बिमल बसेलको एउटा सपना थियो, ‘नेपाललाई चिनाउने गरी कुनै न कुनै नमुना काम गर्नुपर्छ ।’ संसारका विकसित देशहरुको भ्रमणले उनलाई आफ्नो सपना पुरा गराउन बारम्बार प्रोत्साहन गरिरहन्थ्यो । विकसित देशमा सम्भव ठूला प्रोजेक्टका जस्तै काम नेपालमा किन सम्भव छैन ? उनले सोचिरहन्थे । अब भने उनको सपना बिपनामा रुपान्तरणमा अगाडि बढिसकेको छ । बसेलको ‘ड्रिम प्रोजेक्ट’को काम सुरु भइसकेको छ ।
बसेलको अगुवाईमा पोखरामा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्ने भएको छ । अबको तीन वर्षभित्र निर्माण सक्नेगरी ‘लेक भ्यु रिसोर्ट एण्ड अपार्टमेन्ट’ निर्माणका काम अगाडि बढेको हो । पोखरा १८ फेवातालको काख सेदीमा अवस्थित ३६ रोपनी जग्गामा अपार्टमेन्ट बन्न लागेको हो । ८ अर्ब रुपैयाँको लागतमा अपार्टमेन्ट बन्न लागेको बसेलले जानकारी दिए । ‘३ तलाको पार्किङसहित १८ तलाको अपार्टमेन्ट निर्माण हुन्छ,’ उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार भइसक्नेछौं ।’
४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गरिने बसेलले जानकारी दिए । ‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण गरिनेछ । ‘टाइम सेयरिङ अपार्टमेन्टका आफ्नै विशेषता छन्,’ बसेलले भने, ‘जसले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।’ अपार्टमेन्ट भित्र २ वटा रेस्टुरेन्ट, सुपरमार्केट, ट्राभल सुविधा, मनि चेञ्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर, स्विमिङ पुल लगायत मानवीय आवश्यकता प्रशस्त सुविधा रहने बसेलले जानकारी दिए ।
पृथक प्रकारको परियोजना भएकाले पोखराको पर्यटनमा अतुलनीय टेवा पुग्ने बताउँछन् बसेल । परियोजनाले गण्डकी प्रदेशमा निजी क्षेत्रको लगानी आकर्षणमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । अपार्टमेन्टको बार्दलीबाट फेवाताल, पोखरा, शान्तिस्तुपा लगायत पोखरा वरपरका सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिनेछ । नमुनायोग्य प्रोजेक्टले पोखराको पर्यटन क्षेत्रलाई ब्राण्डिङ गरेर संसारभर चिनाउन योगदान पु¥याउने बसेलले विश्वास लिएका छन् ।
परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको निर्देशक राम बसेलले जानकारी दिए । ‘अब द्रुत गतिमा निर्माणको काम अगाडि बढ्छ,’ उनले भने, ‘लक्षित समयमा नै निर्माण सकिनेछ ।’ संसारकै उत्कृष्ट अवधारणाबाट अपार्टमेन्ट निर्माण हुने कन्सल्टेन्ट थानेश्वर बसेलले बताए ।
अपार्टमेन्टका विशेषताहरु सेभेन स्टार स्तरको हुने उनले जानकारी दिए । परियोजनाका अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ । १ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरिएकोछ ।
परियोजनाको शनिबार एक कार्यक्रमका बीच प्रिलन्च गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षण गर्ने बताए । बसेलको अगुवाईमा निर्माण हुन लागेको अपार्टमेन्टले प्रदेशमा अन्य लगानी भित्र्याउन पनि योगदान पु¥याउने उनको भनाइ छ ।




सुरेन्द्र पौडेल/आर्थिक आवाज
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो