घान्द्रुकको गेष्ट हाउसमा महिलालाई बोत्तल र लाठीले हान्ने जैमिनीका ३ जना पक्राउ

घान्द्रुकको गेष्ट हाउसमा महिलालाई बोत्तल र लाठीले हान्ने जैमिनीका ३ जना पक्राउ

Untitled-1

पोखरा । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण – १० घान्द्रुक स्थित अन्नपूर्ण गेष्ट हाउसमा महिलालाई बियरको बोत्तल र लाठी प्रहार गर्ने ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति साढे ९ बजेको समयमा यी ३ युवकले घान्द्रुक घुम्न परिवारसहित गएकी महिलालाई ईच्छा विपरित जबर्जस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको र होटल सञ्चालक तथा कर्मचारीले समेत सम्झाई बुझाई गर्दा नमानी उल्टै बियरका बोत्तल तथा लाठ्ठी समेतले प्रहार गरी घाईते बनाएको कास्कीका डीएसपी बसन्त शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं।०४ सिदार्थचोक बस्ने घर परिवार सदस्य सहित ८ जनाको टोली रमाईलो गरिरहेको अवस्थामा जिल्ला बाग्लुङ जैमिनी नगरपालिका वडा नं।०८ बस्ने वर्ष २८ का भीम थापा, सोहि ठाउँका वर्ष ३१ को डोलनाथ पौडेल र २९ को तेज हमालले महिलामाथि आक्रमणगरेका थिए ।

तीनै जनालाई नियन्त्रणमा लिई सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ