पोखरा, १५ जेठ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताएका छन् ।
गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि भट्टले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गरे ।
लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्षको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताए ।

सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने भन्दै उनले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरे ।
सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा पनि प्रकट गरे ।

समारोहअघि प्रदेश प्रमुख भट्टले नेपाल प्रहरीबाट अर्पण सलामी ग्रहण गरे । उनले गणतन्त्र दिवस समारोहमा गण्डकी प्रदेश सरकारबाट पुरस्कृत तथा सम्मानित नमूना कार्यालयहरु, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कदर पत्र प्रदान गरे ।

समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सभामुख कृष्ण धिताल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि बोल्नुभयो ।








सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’