उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो नियमको सुरुवात गरेका छन् ।
गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याएका हुन् ।
उनले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका हुन् ।
उनले महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउने योजना ल्याएका हुन्।
‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन’, उनले भनेका छन्, ‘मादक पदार्थ सेवनपछि सवारी चलाउँदा कारबाहीमा परेकाहरू लगायत ट्राफिक नियमको उलंघन गर्नेले स्वयमसेवकका रुपमा महिला ट्राफिक प्रहरीको साटो सडकमा सघाउनु हुनेछ।’
तर लामिछानेले यो नियम कुन तहको निर्णयबाट लागु गरिएको भन्ने खुलाएका छैनन् । गृहमन्त्रीस्तरीय या मन्त्रिपरिषद् तथा अन्य निकाय कहाँबाट यो नियम पारित गरिएको उनले जानकारी दिएका छैनन् ।
यदि यो निर्णय उनको व्यक्तिगत भएमा उनी गृहबाट हट्नेबित्तिकै निरन्तरता पाउन नसक्ने अवस्था हुन सक्छ । नीतिगत निर्णय भएको अवस्थामा उनले लगाएको यो नियम दीर्घकालीन हुन सक्छ ।
सम्बन्धित खबर
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु