पोखरा । निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशमा भर्खरै बनेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि सहभागी नहुने भएको छ ।
राप्रपाकै कारण एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार ढल्यो र मुद्धा सर्वोच्चसम्म २-२ पटक पुग्यो ।
अधिकारी सरकार ढलेर कांग्रेस संसदीय दलका नेता पाण्डेले धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबै भन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका छन् ।
स्रोतका अनुसार नवनियुक्त मुख्यमन्त्री पाण्डेले राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङलाई उर्जा मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर राप्रपाको केन्द्रीय नेतृत्व तत्काल सरकारमा जान तयार भएन ।
राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले कांग्रेसको नेतृत्वमा बनेकाे गण्डकी प्रदेशको सरकारमा पनि तत्काल सहभागी नहुने भन्दै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार बनेमा विश्वासको मत दिन भने सक्ने बताएकाे समाधानले लेखेको छ ।
मनाङेले ३० पुग्नेलालाई ३१ पुर्याउन मात्र सघाउने
गण्डकी प्रदेश सभामा स्वतन्त्र जितेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएकाे मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले आजै आफूसँगै मनाङेलाई पनि उनकै रोजाइको मन्त्रालय भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग मन्त्रालय कै जिम्मेवारी दिएर भए पनि सपथ खुवाउन चाहेका थिए ।
मनाङे निकट स्रोतले भन्यो–दाइलाई प्रस्ताव आएको हो, तत्काल आउन्न भनिदिनु भयो ।
मध्यावधितर्फ धकेलिन नदिन भने मनाङेले जसलाई पनि सहयोग गर्न सक्छन् । तपाईहरु ३० पुग्नुहोस्, ३१ पुर्याउन आउछु भनेर दाइले जवाफ दिनु भएकाे छ–स्रोतले भन्यो ।
पाण्डेले विश्वासको मत पाउने बेलामा ३० जना सांसदको समर्थन पुर्याए भने मात्र मनाङेले उनलाई साथ दिने नत्र सरकारमा सहभागी नहुने रणनीति अपनाएका छन् । यही रणनीति अनुसार पूर्व कार्यकालमा पनि उनी ३ बर्ष बढी मन्त्री भइरहे । यसपटक पनि पालैसँग मन्त्री भइरहेका छन् । उनकाे भाउ खेलकुद मन्त्रालयबाट भौतिक मन्त्रालय तर्फ उक्लिसकेको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी