पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केहीबेरमा २ मन्त्रीसहित सपथ लिने भएका छन् । कांग्रेसका बिन्दुकुमार थापा र डा. टकराज गुरुङलाई लिएर सपथ लिने जानकारी प्राप्त भएको छ ।
बाँकी मन्त्रालय आफूसँगै राख्दै तीन सदस्यीय मन्त्रिमण्डल गठनको पत्र मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा पठाएकाे बताइन्छ । आफूसँगै २ मन्त्रीले सपथ लिने जानकारी मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखलाई दिएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
मन्त्रीको नाम र जिम्मेवारीबारे भने औपचारिक जानकारी प्राप्त नभएको उनले बताए ।
यद्यपी, श्रोतका अनुसार लमजुङका गुरुङले अर्थ र कास्कीका थापाले उर्जा र सामाजिक विकास तथा स्वास्थ्य गरी २ मन्त्रालयको जिम्मा पाउने भएका छन् ।
थापा दोस्रोपटक प्रदेश मन्त्री हुन लागेका हुन् । यसअघि उनी कानुन मन्त्री भएका थिए । टकराज पहिलोपटक मन्त्री बन्न लागेका हुन् । उनी गण्डकी प्रदेशसभा सदस्यका पहिलाे र एक मात्रै पिएचडी गर्ने सांसद हुन् ।
गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत संख्या ३१ जना हुनुपर्छ ।
सर्वोच्चको परमादेश अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बुधबार सभागृह हलमा आयोजित कार्यक्रममा सपथ लिन लागेका हुन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ