पोखरा । गृह मन्त्रालयले २५ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। जसमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। यसमा गण्डकीका २ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
कास्कीका वासुदेव घिमिरे गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भरतमणि पाण्डे आउने भएका छन् । घिमिरे पोहोर जेठ ८ गते कास्कीमा हाजिर भएका थिए ।
यसैगरी नवलपरासी वर्दघाट सुस्तापूर्वकी प्रजिअ कल्पना श्रेष्ठ इलामको प्रजिअमा सरुवा भएकी छन् । उनको ठाउँमा अरुण पोखरेल आएका छन् । श्रेष्ठ पोहोर असार ११ मा नवलपुरमा हाजिर भएकी हुन् ।


गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा रुद्रादेवी शर्मा, मकवानपुरमा तीर्थराज चिलुवाल, बर्दियामा अरुण पोखरेल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्किम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ।
चितवनमा इन्द्रदेव यादव, काभ्रेमा सूर्यप्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भूपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा, सर्लाहीमा गोपालप्रसाद अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेघबहादुर मंग्रान्तीले सिडिओको जिम्मेवारी पाएका छन्।
यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशकमा जयनारायण आचार्यलाई खटाइएको छ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’