गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् । उनले विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति अत्यन्त आवश्यक रहने उल्लेख गरे ।
३५ वर्ष अघि स्थापित पोखरा लेडी जेसीजको साताव्यापी कार्यक्रम जेसीज सप्ताहको समुद्घाटन समारोहका प्रमुख अतिथि भट्टले जेसीजले लैङ्गिक मुद्धालाई पनि ध्यानमा राखेर अघि बढेकोमा खुशी व्यक्त गरे ।
‘घर, परिवार, समाज र राष्ट्रलाई रूपान्तरण गरी लोककल्याणकारी राज्य स्थापनार्थ महिला र पुरुषको समान सहभागिता एवं प्रतिनिधित्व अपरिहार्य छ ।’ उनले भने – ‘विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यक छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको सन्तुलित विकासका लागि पनि महिलालाई नेतृत्व तहमा लैजानुपर्दछ ।’
लेडी जेसीज जस्ता सामाजिक संस्थाले महिलाहरूको नेतृत्व र क्षमतासँगै चेतना विकासमा सहयोग पुगेको प्रदेश प्रमुख भट्टको भनाई छ । उनले भने – ‘नेतृत्वदायी भूमिकामा महिला सहभागिता बढाउन पनि यसले साथ दिएको छ । लाखौँ युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै देश निर्माणमा योगदान गर्दै आएको छ ।’
जेसीज १८ देखि ४० बर्ष सम्मका जवान युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था रहेको र तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने यस संस्थाले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याएको प्रदेश प्रमुख भट्टको ठम्याई छ ।
‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ । यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ ।’ – उनले भने ।
सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसीज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको प्रदेश प्रमुख भट्टको सुझाव छ ।
लेडी जेसीजले सात दिनसम्म मनाउन लागेको अभिभावक अभिमूखीकरण तथा सचेतना कार्यक्रम, वृहत निःशुल्क स्वास्थ्य शिविर, महिलाका लागि साइबर अपराधसम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि तालिम, उद्यमशीलता सौन्दर्यतासँगै खानपान सम्बन्धी तालिम, वृक्षारोपण र सरसफाई कार्यक्रमको शुभकामना पनि उनले व्यक्त गरे ।
पोखरा लेडी जेसीजकी अध्यक्ष गायत्री फुयाँल लगायतले कार्यक्रममा बोलेका थिए ।
थप तस्वीरहरूः
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पोखरामा नेकपाको एकता सन्देश सभा, प्रचण्डले भने- म र माधवजीले रातभर नसुतेर बनाएको सरकार हो, चुनाव नगराए ठीक हुन्न
रविको फोटो एकता घोषणामा नराखेको भन्दै रास्वपाका नेताको आपत्ति
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’