सुन्दरकुमार थकाली
मुस्ताङ,७ भदौ
मुस्ताङको मुक्तिनाथमा वर्षेनी आयोजना हुँने सांस्कृतिकपर्व यार्तुङ महोत्सव बिहिवार बिहान देखि सुरु हुँने भएको छ ।स्थानीय मौलिक परम्परामा आधारित यस पर्व सदियौकाल देखि हिमाली गुरुङ समूदायका स्थानीयले धुमधामका साथ मनाउने गरेको पाईन्छ ।
पछिल्लो समय स्थानीय युवाहरुले मनाउदै आएको मौलिक सास्कृतिक पर्व यातुङलाई खेलकुदको प्रर्वधन,सास्कृतिक बिकास,पर्यटन प्रर्वधनका रुपमा रुपान्तर गर्दे आएको जनप्रिय युवाक्लवका पूर्व अध्यक्ष सुरज गुरुङले जनाए ।समुन्द्री सतह देखि ३८ सय मिटरको उचाईमा अवस्थित मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ रानीपौवा बजारमा बिहिबार हुने यार्तुङ महोत्सवको प्रतिनिधिसभाका सांसद माननीय प्रेमप्रसाद तुलाचनले एक समारोहकाबीच उद्घाटन गर्नुहुने भएको छ ।
स्वदेशी तथा बिदेशी पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले यो वर्ष पनि ‘मुक्तिनाथ घुम्न जाऔ ,यार्तुङ महोत्सवमा रमाऔ’भन्ने नारा सहित महोत्सवको विधिवत् सुरुहुने पूर्वअध्यक्ष गुरुङले बताए । भाद्र ७ देखि १० गते सम्म चार दिन लगातार संन्चालन हुने यार्तुङ महोत्सवमा सेभेन ए साईड फुटबल, तारा खेल,घोडा दौड प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम यसवर्ष पनि निरन्तरता दिईने आयोजकले जनाएको छ ।यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झोङ र खिङ्गा तथा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङका बिष्ट र लोहा समुदायले यार्तुङ पर्व धुमधामले मनाईसकेका छन् ।मुक्तिनाथ रानीपौवामा हुने यार्तुङमा स्थानीयले स्यार्पो नृत्य पनि देखाउने चलन छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ