लेखनाथ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते निधन भएको थियो ।
बस्ताकोटी ८ हजार २ सय ५ मिटरको उचाईको चौथो शिविरमा आईपुग्दा अचानक विरामी भई दुःखद निधन भएको हो ।
स्वर्गिय बस्ताकोटीको निवासबाट शबयात्रा गरी पार्थिव शरिरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नंं १३ का वडाध्यक्ष किरण बराल, वडा नंं २५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सेना, जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीहरुको सहभागी रहेको थियो । बस्ताकोटीलाई पोखरा महानगरको नगरप्रहरीले सम्मान व्यक्त गरेको थियो ।
यसैविच पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले एक शोक बक्तव्य जारी गर्दै, वस्ताकोटीको निधनले अपुरणिय क्षती पुगेको उल्लेख गरेका छन् । सगरमाथाको सफल आरोहण गरी आधार शिविरमा फर्कने क्रममा भएको बस्ताकोटीको निधनले वडा नंं २६ ले एक नक्षत्र गुमाएको बताउँदै, दुःख व्यक्त गरेका छन् । अध्यक्ष थापाले दुःखको घडीमा मृतआत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा समवेदना ब्यक्त गरेका छन् ।
स्वर्गिय बस्ताकोटीलाई वडा नंं २६ ले वडा रत्न घोषणा गर्दै, उनको स्मरणमा प्रत्येक बर्ष एक युवालाई साहसी युवा सम्मान प्रदान गरिने अध्यक्ष थापाले बताए ।
बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा ६ हजार १४५ मिटर अग्लो लोवुचे पिक सफल आरोहण गरेका थिए । चाइनिज, स्पेनिस र अग्रेजी भाषामा दख्खल राखेका बस्ताकोटीले अन्तराष्ट्रिय पर्वतालय गाईडको समेत तालिम लिएका थिए ।
बिगत १५ बर्ष देखी पर्यटन ब्यबसायमा क्रियाशिल रहँदै आएका बस्ताकोटीको निधनमा विभिन्न संघसंस्थाले पनि शोक विज्ञप्ती जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
२०४३ सालमा कास्कीको पोखरा महानगरपालिका वडा नंं २६ खरानेमा बुवा बाबुराम बस्ताकोटी, आमा विष्णु माया बस्ताकोटीको कोखबाट जन्मिएका बस्ताकोटीका आमा, श्रीमती, एक दुई दाई, एक दिदी र एक बहिनी छन् ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प