गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ र सकारात्मक जीवन महत्वपूर्ण रहेकाले यसका लागि अध्यात्मिक ज्ञान आवश्यक रहेको बताएका छन् ।
सभ्य समाज निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा उनले आभार पनि व्यक्त गरे ।
प्रदेश प्रमुख भट्टको स्वागत तथा सम्मानमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय पोखराले आयोजना गरेको परिचयात्मक स्नेह मिलन कार्यक्रममा प्रदेश प्रमुख भट्टले आफू यस विश्वविद्यालयको अभियानसँग लामो समयदेखि परिचित रहेको र नजिकबाट चिनेको बताए ।
अध्यात्म चिन्तनबाट समाजलाई सकारात्मक रुपान्तरण र शान्ति स्थापना गर्नका लागि सक्रिय रुपमा महत्वपूर्ण भूमिका खेलेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको माननीय प्रदेशप्रमुखले मुक्तकण्ठले प्रशंसा गरे ।
‘समाजमा देखिएका विकृति, विसंगति, वेथितिलाई निरुत्साहित गर्नका लागि अध्यात्मिक ज्ञान आवश्यक छ । सुशासन कायमसँगै सकारात्मक समाज निर्माणका लागि ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो देन छ ।’ – प्रदेश प्रमुख भट्टले भने ।
सुन्दर विचारले जीवन सार्थक बन्ने भन्दै विचार सुन्दर पार्न ध्यान, प्रार्थना, योगको महत्वपूर्ण योगदान दिने बताए ।
प्रदेश प्रमुख भट्टलाई निर्देशक तथा अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परनीता दिदी, महासचिव ब्रह्माकुमार शैलेषराज बराल, क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शोभा दिदी, ब्रह्माकुमार लोकनाथ काफ्ले लगायतले स्वागत तथा सम्मान गरेका थिए ।
प्रदेश प्रमुख भट्टले पोखराको फूलबारीमा बन्दै गरेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रको निर्माणाधिन भव्य भवनको पनि अवलोकन गरे । ३५ करोड बढी लागतमा क्षेत्रीय कार्यालय भवन निर्माण भइरहेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ