गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आर्थिक समृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
पोखरा १७ सीतापाइला स्थित फिस्टेल ड्रिम पार्कको आमन्त्रणमा उक्त पार्कको अवलोकन गर्न पुगेका भट्टले देशको आर्थिक समृद्धिका लागि उत्पादनमुलक उद्योग र व्यवसायको विकास गर्न जरुरी रहेको बताए ।
‘लगानी गर्न सक्ने व्यापारी/व्यवसायी विदेश पलायन हुँदा पूँजी बाहिरिन्छ । स्वदेशमै लगानी भए दर्जनौँले रोजगारी पाउँछन् । मुलुकको आर्थिक विकासमा सहयोग पुग्दछ ।’ उनले भने – ‘सरकारले पनि लगानी मैत्री वातावरण तयार गर्न अग्रसरता लिएको छ ।
निजी क्षेत्रको विकास र क्रियाशिलता विना देशको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताउँदै उनले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताए ।

सरकारले नेपालमा उद्योग, व्यापार र लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत, कानुनी तथा कार्यक्रमगत विषयलाई निजी क्षेत्रको सल्लाह, सुझाव तथा समन्वयका माध्यमबाट अगाडि बढाउन चाहेको पनि उल्लेख गरे ।
फिस्टेल ड्रिम पार्कका सञ्चालक कमल बहादुर बस्नेतले यो ड्रिम प्रोजेक्ट ६५ रोपनी बढी जग्गामा ५० करोड लागतमा निर्माण भएको बताए ।
पोखरामा अन्तर्राष्ट्रिय स्तरको एकमात्र वाटरपार्कमा आई निजी क्षेत्रलाई लगानी गर्न उत्साहित बनाएकोमा प्रदेश प्रमुखप्रति कृतज्ञता ज्ञापन गरे ।

फिस्टेल ड्रिमपार्कलाई पर्यटकीय राजधानी पोखराकै मनोरञ्जन केन्द्रका रुपमा स्थापित गराउने उद्देश्यले निर्माण गरिएको सञ्चालक बस्नेतले बताए ।
‘पोखरामा यो स्तरको पार्क पहिलो पटक बनेको हो,’ उनले भने, ‘व्यक्ति वा परिवार आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने इभेन्ट्स हामीसँग उपलब्ध छन् ।’ इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिने बस्नेतले जानकारी दिए ।

पार्कमा विभिन्न खेल गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब तीन दर्जनले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ ।
पार्कमा जान निजीमात्र नभई एयरपोर्टबाट ढुंगेसाँघ, सीतापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।



सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन