काठमाण्डौँ । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एशोसियट तर्फको एकैपटक हुने निर्वाचन तोकिएकै मिति जेठ २६ मै गर्न ६ संगठनहरुले ध्यानाकर्षण गराएका छन् ।
विभिन्न संगठनहरुले शनिवार संयूक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै महासंघको निर्वाचनको मिति कुनै पनि बाहानामा नधकेल्न नेतृत्वलाई दवाव दिएका हुन् । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, प्रगतिशिल पत्रकार संघ, जनपत्रकार संगठन र क्रान्तिकारी प्रेस संगठनले विज्ञप्ती जारी गर्दै महासंघको केन्द्रीय नेतृत्वबाटै निर्वाचन गर्ने विषयमा अवरोध सृजना भइरहेको आरोप लगाएका छन् । अहिले नेतृत्व काँग्रेस निकट प्रेस यूनियनको छ ।
सदस्यहरुको अद्यावधिक नामावली निर्वाचन समितीलाई तत्काल बुझाउन समेत संगठनहरुले महासंघको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघको २०८१ वैशाख २१ र २२ गते सम्पन्न केन्द्रीय महाधिवेशनले जेठ २६ गते देशभर एकैपटक निर्वाचन गर्ने मिति घोषणा गरेको थियो । महासंघको विधान बमोजिम सवै समिति, प्रतिष्ठान र एशोसियटको तीन वर्षे कार्यकाल २०८० चैतमा सकिएको छ ।
उता नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले शनिवार नै प्रेस विज्ञप्ती जारी गर्दै अहिलेसम्म महासंघले सदस्यहरुको आधिकारिक नामावली प्रकाशन नगरेको बताएका छन् ।
निर्वाचन समिति मार्फत प्रकाशित हुने मतदाता नामावलीमा त्रुटी सच्चाउने र छुटेका पत्रकारहरुको नाम समेट्न सकिने भएकाले महासंघको कार्यालयमा लागेको ताला खोलेर निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा विभिन्न पाँच वटा संगठनहरुले ताला लगाएका छन् ।
सम्बन्धित खबर
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु