पोखरा । प्रमुख विपक्षी दलका नेता खगराज अधिकारीलाई पत्र लेखेर विश्वासको मतमा समर्थन जनाइदिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आग्रह गरेका छन् ।
उक्त पत्र कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेको मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् ।
सर्वोच्चको परामेशपछि पाण्डे जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका छन् ।
पाण्डेले पठाएको पत्रमा भनिएको छ :
नेपालको संविधान र प्रदेश सभा नियमावली २०८० ले व्यवस्था गरे बमोजिम मैले यही मिति २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने व्यहोरा जानकारी गराउन चाहान्छु ।
स्थायित्व र जनआकांक्षा अनुरुप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ ।
राजनीतिक दलहरु बीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरुले मतदान गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ