पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका माओवादी केन्द्र संसदीय दलका सदस्य फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्री पदको शपथ लिएका छन्
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री सुरेन्द्ररराज पाण्डेको सिफारिसमा मन्त्रीद्वयलाई सपथ खुवाएका हुन्
उनीहरू आजै मन्त्री नियुक्त भएका थिए ।देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएको छ ।
उर्जा मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सम्हाल्दै आएका थिए । भौतिक पूर्वाधार भने मनाङेलाई अघिल्लो कार्यकालमै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई दिएका थिए । खगराज अधिकारीले पनि यसै मन्त्रालयमा निरन्तरता दिएका थिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत हुनुअघि मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।
फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन