पोखरा । नेपाल खानेपानी संस्थान प्रधान कार्यालय काठमाडौले कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको खरिद सम्वन्धी तालिममा कार्यालयको जिम्मेवारी सम्हालेसँगै प्रमुखले प्रतिवद्धता जनाउन सक्नु पर्ने बताईएको छ ।
तालिमको दोस्रो दिन कार्यक्रमका अध्यक्ष एवं नेपाल खानेपानी संस्थानका प्रोजेक्ट म्यानेजर ई.निरण महर्जनले कार्यसञ्चालन खर्च, आवश्यक सामग्रीको पहिचान, बजेट, खरिद प्रक्रिया, मुल्य निर्धारण, कार्य सम्पन्नता लगायत शीर्षकमा सहभागिलाई तालिम प्रदान गरिएको थियो ।
तालिममा छलफल, प्रतिवद्धता, कार्यान्वयन, समन्वय, सहजीकरण र सहयोगको भावना सवै कर्मचारीमा आवश्यक रहेको प्रमुख महर्जनले बताएका थिए । तालिममा सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक गोविन्द प्रसाद घिमिरेले जिल्ला दररेट, बजारको दरभाउ, उद्योग वाणिज्यको मुल्य निर्धारण लिस्ट र अघिल्लो आर्थिक वार्षको मुल्यलाई आधार बनाएर खरिद गर्न सकिने बताए । घिमिरेले बोलपत्रको मुल्यांकन, पुनरावलोकन, आर्थिक कार्यविधि, नम्र्स र मापदण्ड र स्विकृत बजेट तथा कार्यान्वयनलाई ध्यान दिन सहभागि प्रशिक्षार्थीलाई तालिम दिएका थिए ।
दोस्रो दिनको तालिम सेसनमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दंगालले बोलपत्र मुल्यांकनका सैदान्तिक पक्ष, प्रतिवेदन र स्विकृति, खरिद अधिकारीको संयोजकत्वमा २ सदस्य टोली गठन लगायत सूचना संकलन विधिमा तालिम दिएको सहायक प्रशासन अधिकृत दिपेश्वर मण्डलले जानकारी दिए ।
तालिमको दोस्रो दिन नेपाल खानेपानी संस्थानका सहायक प्रबन्धक ई.शैलेन्द्र कुमार साहले इमान्दारिता, निश्पक्षता, दक्षता, प्रतिश्पर्धी एवं जिम्मेवारी वहन गर्नु नै तालिमको उपलब्धी भएको बताएका थिए । तालिम प्रदान गर्दै साहले पैसा बचत भन्दापनि उपभोक्ताको सेवामा गरिने खर्चमा सम्झौता गर्न नहुने धारणा व्यक्त गरेका थिए ।
तालिमलाई सहजीकरण गर्दै पोखरा शाखाका बरिष्ठ सहायक विष्णुप्रसाद रेग्मीले सहभागीलाई स्वागत तथा कार्यक्रम सञ्चालन गरेका थिए ।
दोस्रो दिनको तालिम समापन गर्दै तालिम शाखा प्रमुख ई. निरण महर्जनले विधि र प्रक्रियालाई आत्मसाथ गर्दै भविष्यमा हुन सक्ने कानुनी झमेलाबाट बच्न सार्वजनिक खरिद ऐन र नियमावली निरन्तर अध्ययन गर्न आग्रह गरेका थिए ।
संस्थानको कार्यक्षेत्र भद्रपुरदेखि महेन्द्रनगरसम्मका विभिन्न २३ सहरका लेखा र खरिदमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको छ । तालिम नेपाल सरकार खानेपानी मन्त्रालय, नेपाल खानेपानी संस्थान र जाईकाको त्रिपक्षिय सम्झौता अनुरुप कर्मचारी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ४ दिने तालिम गरिएको संस्थानले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु