पोखरा । यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०८० मा बागमती प्रदेश प्रथम भएको छ । ३० वटा स्वर्ण पदकको लागि पोखरामा भएको ६ खेलको प्रतिष्प्रर्धामा बागमतीले ११ स्वर्ण, ६ रजत र ७ कास्य सहित २४ पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

त्यसै गरी प्रतियोगितामा लुम्बिनी प्रदेश दोश्रो र घरेलु टिम गण्डकी प्रदेश तेश्रो भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा बुधबार देखि पोखरामा संचालन भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ मा ६ खेलको लागि भएको प्रतिष्प्रर्धामा लुम्बिनीले ६ स्वर्ण, ३ रजत र १० कास्य सहित १९ पदक जित्न सफल भएको हो ।

गण्डकीले ५ स्वर्ण, ८ रजत र ७ कास्य सहित २० पदक हात पार्न सफल भयो । कर्णाली प्रदेशले ५ स्वर्ण, २ रजत र २ कास्य पदक सहित ९ पदक प्राप्त गरी चौथो स्थानमा रहन सफ भयो । कोशी प्रदेश १ स्वर्ण ७ रजत र ८ कास्य पदक सहित पाचौं स्थानमा रहन सफल भयो ।

सुदुरपश्चिम प्रदेश १ स्वर्ण, २ रजत र ५ कास्य पदक सहित छैटौं, मधेश प्रदेश १ स्वर्ण २ रजत र १ कास्य पदक सहित छैटौं स्थानमा रहेको छ । त्यसै गरी मधेश प्रदेश अंक तालिकाको पुच्छरमा रहेको छ । मधेश प्रदेशले १ स्वर्ण २ रजत १ कास्य पदक प्राप्त गर्यो ।

पर्यटनको राजधानी एवं खेलकुदको शहर पोखरामा ७ प्रदेशका ५ सय ३२ जना खेलाडीहरु सहभागि भएका छन् थिए । प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेल समावेश गरिएको थियो । सबै खेलमा छात्रछात्रातर्फको खेल भएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । ७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजर सहित) सहभागी पोखरा सहभागी भएका थिए ।

यसैबीच, बास्केटवल प्रतियोगितामा छात्र तथा छात्रा तर्फ बागमतीले उपाधि जित्यो भने गण्डकी प्रदेश दुबै विधामा उपविजेता भयो । रग्बी खेलमा दुबै तर्फको विधामा कर्णाली प्रदेशले जित हासिल गर्यो । टेवल टेनिसमा ५ स्वर्ण सहित बागमती प्रदेश प्रथम भयो । एथ्लेटिक्समा ४ स्वर्ण सहित गण्डकी प्रदेश प्रथम भयो । व्याडमिन्टनमा समेत बागमती प्रदेशले २ स्वर्ण सहित प्रथम भयो । बुद्धिचालमा १ स्वर्ण, १ रजत सहित बागमती प्रथम भयो ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य द्धय राजेश कुमार गुरुङ, अञ्जन धमला, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा लगायतले पुरस्कार वितरण गरे ।

बर्षाद्का कारण दुई दिनमा आयोजना गरिएको उक्त प्रतियोगिता सम्पन्न गर्न अफिसियल र खेलाडीहरुलाई निकै चाप परेको थियो ।

बिद्यालय स्तरबाटै खेलकुदको विकास गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताले तल्लो स्तरबाटै खेलकुदको विकास हुने भएको राखेप सदस्य सचिव घिसिङले दाबी गरे ।



सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’