पोखरा । यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०८० मा बागमती प्रदेश प्रथम भएको छ । ३० वटा स्वर्ण पदकको लागि पोखरामा भएको ६ खेलको प्रतिष्प्रर्धामा बागमतीले ११ स्वर्ण, ६ रजत र ७ कास्य सहित २४ पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

त्यसै गरी प्रतियोगितामा लुम्बिनी प्रदेश दोश्रो र घरेलु टिम गण्डकी प्रदेश तेश्रो भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा बुधबार देखि पोखरामा संचालन भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ मा ६ खेलको लागि भएको प्रतिष्प्रर्धामा लुम्बिनीले ६ स्वर्ण, ३ रजत र १० कास्य सहित १९ पदक जित्न सफल भएको हो ।

गण्डकीले ५ स्वर्ण, ८ रजत र ७ कास्य सहित २० पदक हात पार्न सफल भयो । कर्णाली प्रदेशले ५ स्वर्ण, २ रजत र २ कास्य पदक सहित ९ पदक प्राप्त गरी चौथो स्थानमा रहन सफ भयो । कोशी प्रदेश १ स्वर्ण ७ रजत र ८ कास्य पदक सहित पाचौं स्थानमा रहन सफल भयो ।

सुदुरपश्चिम प्रदेश १ स्वर्ण, २ रजत र ५ कास्य पदक सहित छैटौं, मधेश प्रदेश १ स्वर्ण २ रजत र १ कास्य पदक सहित छैटौं स्थानमा रहेको छ । त्यसै गरी मधेश प्रदेश अंक तालिकाको पुच्छरमा रहेको छ । मधेश प्रदेशले १ स्वर्ण २ रजत १ कास्य पदक प्राप्त गर्यो ।

पर्यटनको राजधानी एवं खेलकुदको शहर पोखरामा ७ प्रदेशका ५ सय ३२ जना खेलाडीहरु सहभागि भएका छन् थिए । प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेल समावेश गरिएको थियो । सबै खेलमा छात्रछात्रातर्फको खेल भएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । ७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजर सहित) सहभागी पोखरा सहभागी भएका थिए ।

यसैबीच, बास्केटवल प्रतियोगितामा छात्र तथा छात्रा तर्फ बागमतीले उपाधि जित्यो भने गण्डकी प्रदेश दुबै विधामा उपविजेता भयो । रग्बी खेलमा दुबै तर्फको विधामा कर्णाली प्रदेशले जित हासिल गर्यो । टेवल टेनिसमा ५ स्वर्ण सहित बागमती प्रदेश प्रथम भयो । एथ्लेटिक्समा ४ स्वर्ण सहित गण्डकी प्रदेश प्रथम भयो । व्याडमिन्टनमा समेत बागमती प्रदेशले २ स्वर्ण सहित प्रथम भयो । बुद्धिचालमा १ स्वर्ण, १ रजत सहित बागमती प्रथम भयो ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य द्धय राजेश कुमार गुरुङ, अञ्जन धमला, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा लगायतले पुरस्कार वितरण गरे ।

बर्षाद्का कारण दुई दिनमा आयोजना गरिएको उक्त प्रतियोगिता सम्पन्न गर्न अफिसियल र खेलाडीहरुलाई निकै चाप परेको थियो ।

बिद्यालय स्तरबाटै खेलकुदको विकास गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताले तल्लो स्तरबाटै खेलकुदको विकास हुने भएको राखेप सदस्य सचिव घिसिङले दाबी गरे ।



सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो