पोखरा । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।
घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए।
सोही अवसरमा कुकुरलाई रेविजबिरुद्धको खोप पनि लगाइएको थियो । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमश शिविर संचालन गरिरहेको पौडेलले बताए।
बन्ध्याकरण गरिएको मध्ये १७ वटा भाले र ४६ पोथी कुकुर रहेको उनले बताए।
शिविरमा स्याङ्जा, तनहुँ र कास्कीका कुकुर समेत रहेका थिए ।
२०३० सम्ममा रेबिज रोग नियन्त्रण गर्ने सरकारको नीति अनुरुप छाडा तथा घरपालुवा कुकुरमा सो अभियान सुरु गरिएको सो कार्यालयका प्रमुख बरिष्ठ पशु बिकास अधिकृत शम्भुराज पाण्डेले बताए।
उहाँले असारको अन्त्यमा अर्को शिविर समेत संचालन गरिने जानकारी दिए।
सहरी क्षेत्रमा कुकुर पाल्ने चलन बढ्दै जानु र पछि गएर छाडा छोड्ने प्रवृत्तिले गर्दा कुकरको संख्या बृद्धि हुदै जाने गरेको छ। त्यस्ता कुकुरले सर्वसाधारणलाई टोक्दै जादा रेबिजको जोखिम बढेको हुँदा कुुकुरको बन्ध्याकरणलाई तिव्र पारिएको पशु चिकित्सक डा. किरण पाण्डेले बताए।
बन्ध्याकरणबाट पोथी कुकुरमा आउने पाठेघरको समस्याको न्युनिकरण भएर जाने डा. पाण्डले बताए।
गण्डकी प्रदेश सरकारको सहयोगमा संचालन भएको शिविरबाट प्रत्यक्ष लाभ पाएको भन्दै कुकुर पालक पोखरा–१४ का बिशाल गुरुङले खुसी व्यक्त गरे।
डा. पाण्डेको नेतृत्वमा रहेको सो टोलीमा डा. अनन्त कोइराला, डा. आशिष गौतम, डा. आशेष बि।क, डा. पवन पाण्डे, डा. प्रियङ्का कोइराला लगायतका विभिन्न पशु विज्ञहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन